फोरेक्स जापानको बम्पर उपहार सार्वजानिक, सुनिता लामाले पाईन आईफोन १४

-


     जनहित न्युज    
     मंसिर २ गते २०७९


टोकियो । जापानबाट नेपाल लगायात विश्वका विभिन्न देशहरुमा रेमिट सेवा दिदै आइरहेको फोरेक्स जापानले आफ्नो दशैँ , तिहार र छठको उपहार योजना अन्तर्गतको बम्पर उपहार सार्वजानिक गरेको छ।

सेप्टेम्बर १२ देखि अक्टोबर ३० सम्म फोरेक्स मार्फत नेपाल पैसा पठाउने ग्राहकहरुमधे १ जनालाई आईफोन १४ दिने घोषणा गरेको थियो। कम्पनिले यो अबधिमा रेमिट गर्नुहुने १८६२३ जना ग्राहकहरु मध्येबाट लक्की ड्र मार्पत ओकिनावा बस्ने सुनिता लामालाई विजय घोषणा गरेको छ।

उपहार योजना बुधबार कम्पनिको प्रधान कार्यालयमा फोरेक्स जापानको फेसबुक लाइभ मार्फत कम्पनीका जनरल म्यानेजर आकिरा योकोमित्शुले सार्वजानिक गरेका थिए। आफ्नो स्थापना देखि नै नेपाल लगायतका विभिन्न देशमा उत्क्रिस्ट रेमिट सेवा प्रदान गर्दै आईरहेको कम्पनीले नेपालीहरुका चाड पर्वहरुमा बिबिध उपहार योजना सार्वजानिक गर्दै आइरहेको छ। यो बर्षको दशैं , तिहार र छठको अबसरमा आईफोन १४ संगै प्रत्येक हप्ता पांच जनालाई मल्टिपल वायरलेस चार्जर पाउने गरी ३६ जनालाई लक्की ड्र मार्फत उपाहार प्रदान गर्ने सार्वजानिक गरेको थियो।
उक्त कम्पनीले यस अघि नै घोषणा गरेको आफ्नो टोकियोको कामातामा रहेको कार्यालबाट रेमिट गर्नुहुने ग्राहकवर्गलाइ हातै खाली नजाने उपहार योजना भने निरन्तरता रहेको जनाएको छ।

फोरेक्स जापानले आफ्नो सेवाहरु जापानको जुनसुकै ठाउँबाट कम्पनिको जेपी कार्ड , विभिन्न बैकहरुमा रहेको बैंकखाता तथा एजेन्सीबाट समेत लिन सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?