जापानको नागोया शहरमा हुने नेपाल फेस्टिभलको तयारी तिव्र

-


     जनहित न्युज    
     वैशाख १८ गते २०८१


कविकिरण न्यौपाने / नागोया – जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सह-आयोजना,नागोया अवस्थित  सामाजिक संघ संस्थाहरूको सह-आयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप-संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ ।

आउँदो जून ८ तारिख शनिबार र ९  तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए ।जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको गौतमले बताए ।

फेस्टिभल सम्पन्न गर्नका लागि बिभिन्न उप-समितिहरु बनाई काम तिब्र गतिमा भई रहेको बताईएको छ। फेस्टिभलका आर्थिक समिति संयोजक समेत रहेका दिपक कार्कीका अनुसार फेस्टिभल लाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन्। कम खर्चमा उत्कृष्ट फेस्टिभल सम्पन्न गरिने छ , कार्कीले बताए।

फेस्टिभल आयोजक समितिका प्रचार – प्रसार संयोजक बिष्णु प्रसाद घिमिरेका अनुसार फेस्टिवलको व्यापक प्रचार-प्रसारमा लागेका छौं। नेपाली समुदाय मात्र नभई जापानीज समुदायहरूमा पनि फेस्टिभलको बारेमा व्यापक प्रचार-प्रसार गरिएको छ। जापान स्थित जाईका लगाएत संघ – संस्थाहरु मात्र होईन , जापान स्थित स्थानिय सरकार आईचिकेन , नागोया सी लगाएत पनि फेस्टिभल आयोजनामा सहभागी हुनु राम्रो पक्ष हो , घिमिरेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?