धाैलागिरि अस्पताललाई अक्सिजन सिलिन्डर र नगद सहयोग

-


     दिनेश थापा     
     जेठ ९ गते २०७८


बागलुङ / काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट फैलिएपछि बागलुङ जिल्लामा काेराेना संक्रमित बिरामी ह्वात्तै बढेर गएपछि अक्सिजनकाे अभाव हुदै गइरहेको छ ।धाैलागिरि अस्पतालमा अक्सिजनकाे अभाव भएकाे भन्दै अस्पताल लाई सहयोग गर्ने क्रम बढेर गएको छ ।अस्पतालमा आउने बिरामीको लागि सहयोग गर्ने उदेश्यले अक्सिजन सिलिन्डर र नगद सहयोग गर्ने क्रम समेत बढेर गएको छ ।

धाैलागिरि अस्पताल बागलुङमा एक कार्यक्रम गरि नेपालीले अक्सिजन सिलिन्डर सहयोग गरेको यसले अस्पतालमा आउने बिरामी लाई उपचारमा सघाउ पुर्‍याउने अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

काेराेना भाइरस काेभिड १९ काे दाेस्राे लहर नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिए संग‌ै बिरामीलाई अक्सिजनकाे अभाव भएको भन्दै अस्पताल लाई ३० वटा अक्सिजन सिलिन्डर र ५ लाख नगद नगर प्रमुख नेपालीले ब्यक्तिगत सहयोग गरेको हाे ।

अक्सिजन नपाएर काेहीपनि जनताको मृत्यु हुन नपाराेस भन्ने उदेश्यले ३० वटा अक्सिजन सिलिन्डर र नगद ५ लाख सहयोग ब्यक्तिगत रूपमा गरेको ढाेरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए ।

अस्पतालमा आफ्नो अक्सिजन प्लान्ट भएपनि त्यसले धेरै बिरामी लाई अक्सिजन दिन नपुगी अहिले अस्पताल भर्ना भएका बिरामी लाई सिलिन्डर मार्फत अक्सिजन दिनुपर्दा समस्या भइरहेको बेला यसले थप सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

धाैलागिरि अस्पताल बागलुङमा अहिले अक्सिजन सिलिन्डर १३० वटा पुगेको छ ।अहिले पाेखराबाट हरेक दिन अक्सिजन रिफिल गरेर ल्याइ बिरामी लाई अक्सिजन दिने काम भइरहेको छ ।बागलुङको धाैलागिरि अस्पताल ,र ३ वटा निजी अस्पतालमा दैनिक रूपमा १४० वटा जति अक्सिजन सिलिन्डर खपत हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?