एनआरएनए नागोया क्षेत्रीय समिती नागोयाद्धारा बाढी प्रभावितलाइ राहत पठायो

-


     जनहित न्युज    
     असार ७ गते २०७८


एनआरएनए नागोयाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित नागरिकलाइ राहत प्रदानका लागि आर्थिक सहयोग रकम पठाएको छ ।
एनआरएनए जापान क्षेत्रीय समिती नागोयाले बाढीबाट ठूलो जनधनको क्षति हुन पुगेकोले प्रवासमा रहेका नेपालीहरु पनि दुःखको घड़ीमा संगसंगै रहेको अनुभूत गराउनका लागि पहिलो चरण स्वरुप आर्थिक सहयोग पठाउने निर्णय गरेको एनआरएनए नागोया क्षेत्रीय समितीका संयोजक गंगा घर्तिमगरले बताएका छन ।

गतहप्ता भिषण वर्षातका कारण आएको बाढीले अत्याधिक क्षति पुर्याएको हेलम्बु गाऊँपालिकामा हालका लागि एकलाख एकाउन्न हजार सहयोग रकम पठाउने निर्णय भएको समितिका संयोजक घर्तीमगरले जानकारी दिनुभयो ।

तत्कालका लागि अत्यावश्यक सामग्री खरिद गर्ने र घरवारबिहीनहरुलाई बस्नका लागि टेण्टको व्यवस्थामा सो रकम खर्च गरिने छलफल सो गाऊँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासंग भएको समितिका सचिब भैरब अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्षसँग छलफल भए अनुसार तत्कालका लागि खाद्यान्न, लत्ताकपडा लगाएतका सामाग्री खरिद गरि बाढीबाट अत्याधिक प्रभावित परिवारलाई पहिलो प्राथमिकता दिएर राहत प्रदान गर्ने र विस्थापित परिवारलाई वासस्थानका लागि घर स्वरूपको टेन्टको आवश्यकता र माग समेत रहेकोले २० थान टेण्ट प्रदान गर्नका लागि अर्डर भै छिटो नै प्रदान गरिन लागेको अधिकारीले बताउनु भयो ।

यसैगरि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्णय गरेअनुसार नागोयमा बस्दै आएका आर्थिक समस्यामा परेका पेमा लामाको परिवारद्वारा सहयोगको लागि आवेदन परेकोले जापानी येन २० हजार र चितवनका युनिक ढकाल रक्त सम्बन्धी रोगको उपचार गराइरहेकाले सहयोगको अपिल आएकोमा निजलाइ ३० हज़ार येन सहयोग प्रदान निर्णय समेत गरेको थियो ।
एनआरएनए जापान नागोया क्षेत्रीय समितिको बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्ने निर्णय समेत गरेको छ। साथै सहयोगदाता शुभचिन्तक धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै मानवीय सहयोगको अभियानमा साथ दिइरहन सबैमा अनुरोध गर्दै बिगतका दिनमा झै साथ र सहयोगको आपेक्षा समेत गरेको छ। नागोया क्षेत्रीय समिति जापानमा रहेको नेपाली समुदायको अविभावकिय भूमिका निर्वाह कुशल रूपमा प्रदान गर्ने प्रतिबद्धता समेत बैठकबाट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?