अमेरिकाको फिलाडेल्फियामा प्रहरीले बच्चासंग भएकी आमालाई कुटेको कारण २० लाख डलर प्रदान

-


     जनहित न्युज    
     भाद्र ३१ गते २०७८


अमेरिकाको फिलाडेल्फियामा प्रहरीले बच्चासंग भएकी आमा (महिला)लाई कुटेको कारण २० लाख डलर प्रदान गर्ने भएको छ । कुरा १ बर्ष अगाडिको हो । सन् २०२० को अक्टोबरमा रिकिया योङ्ग नामक महिलालाई गाडी बाट निकाली प्रहरीले कुटेका थिए । उक्त समयमा महिला २ बर्षिय छोरा संग थिइन् ।

उनलाई गाडीबाट झारिएको थियो भनि नगर प्रमुखको कार्यालयले जनाएको छ । बिडम्बनाको कुरा के छ भने एक बर्ष पछि पनि उक्त महिला मानसिक आघातमा छिन । वकिलका अनुसार अझ पनि कटु अनुभव गरि रहेकी उनले बताए ।
उक्त घटना वाल्टर वालेस नामक युवालाई प्रहरीले गोली चलाएको समयमा घटेको थियो । प्रहरीका अनुसार अक्टोबर २७ ,२०२० मा २ बर्षिय छोरा र १६ बर्षिय छोराको साथी पश्चिम फिलाडेल्फिया जादै गर्दा प्रदर्शनकारीहरुले सडक बन्द गर्दै गर्दा उक्त काण्ड भएको थियो ।

वकिलका अनुसार सडक अबरुद्ध भए पछि उनले आफ्नो गाडी गुमाएकी थिइन् भने उनले कसैलाई पनि धक्का नदिएको बताए । वकिलले जानकारी दिदै प्रहरीले उनको गाडीको सिसा फुटाएका र कारको गाडी खोली बच्चा र १६ बर्षका युवालाई निकालेर हिर्काएका थिए । उनलाई हिरासतमा पनि लिइएको वकिलले बताएको समाचार एबिसीन्युजले प्रकाशित गरेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?