एनआरएनएको गरिमा र विरासतलाई आगामी नेतृत्वले फर्काउन सकोस, हार्दिक शुभकामना

-


     प्रकाश पौडेल ‘माइला’    
     असाेज १४ गते २०८०


गैरआवासीय नेपाली संघको आसन्न अधिबेशनमा उमेद्वारको लर्को सबैका लागि अचम्म लाग्दो तर आकर्षक देखिन्छ । यो संस्थाको इतिहासमै सबैभन्दा धेरै उमेद्वार मैदानमा भिड्दैछन । यसो हुनुको कारण यसअघि रोपिएको विऊ उम्रिएको भन्दा सायद फरक नपर्ला । वर्तमान कार्य समितिमा तीन-तीन जना अध्यक्ष सहित दर्जनौ पदाधिकारी छन् । आफू कुन पदको योग्य छु भन्ने हेक्का नराखिकन वा आफू पदमै बस्नुपर्छ भन्ने धारणा राख्दा यो संस्थाले केही बदनामी खेप्नुपर्‍यो। कतिपयले आफ्नो क्षमताभन्दा माथिको पदमा आँखा लगाउँदा यस किसिमको अवस्था आएको पनि महसुस भयो ।

तर, हरेक अप्ठ्यारा परिस्थितीलाई पनि सकरात्मक रुपमा हेर्न पनि सक्नुपर्छ । यसपटक पुरानो परिपाटीको पक्कै अन्त्य हुनेछ । पदको लागि मरिमेट्ने दर्जनौ अनुहारहरु यो अधिबेशनबाट किनारा लाग्ने प्रष्ट छ ।

अघिल्लो पटकको भाग्बन्डा र बार्गेनिङ्गमा हैसियत भन्दा माथिल्लो ओहदा र जिम्मेवारि प्राप्त गरेका धेरै अभियन्ताले यसपटक झन त्यो भन्दा माथिल्लो पद ताक्दैछन । यो मानबीय स्वभाव पनि हो l अघोषित दलिय निर्देशन वा कसैको प्यानलमा परेर ‘फ्याट्ट’ निर्वाचित भैयो भने त भैहालियो भन्ने कतिपय उमेद्वारहरुलाई लाग्दो हो । तर यो अधिबेशनबाट धेरैलाई आफ्नो ‘हैसियत’ र ‘वास्तबिक धरातल’ थाहा हुने निश्चित छ ।

यसपटकबाट धेरै पुराना अनुहारहरु निर्वाचनमा उपबिजेता हुनेछन् । यसपछि उनीहरु यो खाले चुनाबी दौडबाट बाहिरिने छन् । त्यसो भयो भने अर्को पटकदेखि नयाँ पुस्ताले हस्तक्षेप गर्नेछ । कुनै पनि संस्थाा धेरै पटक पदमा दोहोरिरहन खोज्नु सबैभन्दा ठुलो ‘रोग’ हो । एक पदमा एक कार्यकाल मात्रै काम गर्न पाउने प्रावधान राखियो भने बल्ल नयाँ नेतृत्वहरु अगाडि आउछन । लहैलहैमा घोषणा गरेको उमेद्वारीलाई उमेदवार स्वयमले चाहेर पनि फिर्ता गर्नै सक्दैन । किनकी यस्ता उमेद्वारलाई पछाडिबाट धकेल्ने र भिडाउने जमात पनि ठुलै हुन्छ । जसले उमेद्वारलाई पूर्ण रुपमा भ्रममा राख्न सक्छ । यस्ता समुह र नेतालाई यो चुनावले गतिलैसँग ठेगान लगाउनेछ भन्ने हामी जस्ता संस्थाका शुभचिन्तकहरुको विश्वास छ ।

त्यसो त एनआरएनएको चुनाबी दौडधुपको अस्वाभाबिक भार थेग्न नसकेर चुनाव लगत्तै देखी ‘गुमनाम’ हुने नेतृत्वपङ्ती पनि हाम्ले देखेकै छौ । यसपटक लोक्तान्त्रिक पद्दतिबाट सबल, सक्षम, अनुभबी, कुशल र नयाँ नेतृत्वमा आउने कुरामा दुई मत छैन। स्थापनाको एक-डेढ दशकसम्म कायम भएको संस्थाको गरिमा र विरासतलाई आगामी नेतृत्व फर्काउन सकोस, हार्दिक शुभकामना । जय NRNA !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?