मध्यपूर्वका एनआरएनएसंग उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले भने-सिपयुक्त श्रमिक उत्पादनका लागि एनआरएनएले सरकारसंग सहकार्य गर्न तयार छ

-


     जनहित न्युज    
     असाेज १४ गते २०८०


एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले एनआरएनएले श्रमिकका मुद्दामा काम गर्न नेपाललाई श्रम बजारको रूपमा विकसित गराउन पहल गर्नु पर्ने बताएका छन ।
मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन देश दौड़ाहामा रहेका उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले शनिबार एनआरएनए एनसीसी दुबईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।
वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग एनआरएनएले सहकार्य गर्दै विश्व बजारमा श्रमिकको माग र आपूर्तिलाई ध्यान राखेर नेपाललाई उकृष्ट श्रम बजारको रूपमा स्थापित गराउन आफूले पहल गर्ने बताए ।

उनले सिपसहितको श्रमिक उत्पादनका लागि सरकारले विषेश कार्यक्रम ल्याउनु पर्ने त्यसमा एनआरएनएले आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।
एनआरएनएको बिभिन्न पदको जिम्मेवारीमा रहदा नेपालमा परेका पिडा र समस्यामा आफू अग्रपङ्तीमा रहेर कार्य गरेको बताउदै एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले भने- नेपालमा गएको भूकम्पको बेलामा डाक्टरसहितको टिमको नेतृत्व गरेर म जनताको घर घर पुगे, बढ़ी पीडित नेपालीलाई राहत पुर्याउन सामग्रीसहित मेरै नेतृत्वमा एनआरएनए नेपालमा पुग्यो, नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ र इन्धन आपूर्तिमा सहजिकरणको लागि म नै लागि परे ।

सन् २००५ देखि हालसम्म निरन्तर रूपमा एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफ़िक उप संयोजक, एशिया प्यासिफ़िक संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा रहेका श्रेष्ठले प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?