जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न हट लाइनको व्यवस्था, केहि समस्या पर्यो नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ कल गर्नुहोस

-


     जनहित न्युज    
     असाेज १० गते २०८०


जापानमा रहेका विदेशी श्रमिकहरूलाई भाषा लगायतका सहयोग प्रदान गर्नका लागि लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले हट लाइनको व्यवस्था गरेको छ।

कार्यालयले जापानमा रहेका विदेशी श्रमिकहरूलाई जापानी भाषाका लागि सहयोगका पुर्याउन लेवर स्ट्यान्डर्ड एडवाइस हट लाइनमा श्रम समस्या सम्बन्धि निःशुल्क परामर्शका टेलिफोन उपलब्ध हुने गराईएको निर्दिष्ट सामाजिक बिमा र श्रम परामर्शदाता काजुओ मियाओकाले एनआरएनए जापानसंगको भेटघाटका क्रममा बताएका हुन ।

एनआरएनए जापानका अध्यक्ष नविन निउरे, कोबायासी तेचुओसहितको मंगलबार भएको भेटघाटका क्रममा विदेशी नागरिकहरूलाई विशेषतः (नेपाली) लक्षित गरि एनआरएनएसंगको सहकार्यमा सहयोग आदानप्रदान गर्ने साझा बुझाई क़ायम गरिएको हो ।
जापानको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयबाट स्वीकृत प्राप्त कम्पनी अन्तरगत रहेको उक्त कार्यालयले नेपाली भाषाका लागि ०१२०-५३१-४०८ नम्बरमा बुधबार बेलुका ५ बजेदेखि राती १० बजेसम्म र आइतबार बिहान ९ बजेदेखि राती ९ बजेसम्म आफ्ना समस्या र गुनासाहरू राख्न सकिने व्यवस्था रहेको भेटघाटका क्रममा बताएको एनआरएनए जापानका अध्यक्ष निउरेले बताए । हाललाई हप्ताको दुई दिन हटलाइनको व्यवस्था रहेपनि फोन आउने क्रम बढ़ेमा अन्य दिन पनि थप गर्न सकिने बताईएको छ । भेटका क्रममा उनीहरूले नेपाली समुदायलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको अध्यक्ष निउरेको भनाई छ ।

जापानी,अंग्रेजी, नेपालीसहित १४ भाषामा जापानमा रहदा श्रम सम्बन्धि परेका समस्या र गुनासा राख्न वा जानकारी गराउन सकिने काजुओले बताए ।
परामर्शदाता काजुओले एनआरएनए जापानले गर्ने क्रियाकलापमा आवश्यक सहयोग गर्न इच्छुक रहेको बताउदै एनआरएनए जापानले संचालन गर्ने भनिएको नेपाली हाउस स्थापनाका लागि आवश्यक सहयोग र परामर्शका लागि साइतामा स्थित तोकोरोजावाका मेयरसंग आवश्यक समन्वय गराईदिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?