जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्षपदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन ।
एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले सबै पक्षलाई समेटेर सन्तुलन मिलाउन कोषाध्यक्षमा उम्मेदवारी दि न लागेको बताउनु भयो ।
बिगत १६ बर्षदेखि जापानमा व्यापार, व्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन । सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् । थापा एनआरएनए जापानको कार्यसमिती सदस्य, उपाध्यक्ष हुंदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजकमा रहेर काम गरेका छन् ।
सुदन थापा रामेछापमा जन्मिएर काठमाडौंबाट अध्ययन गरि उच्चशिक्षाको लागि जापान छिरेका थापा ४ वर्ष जापानमा अध्ययन गरि रेस्टुरेण्ट व्यवसायमा लागेका थिए । रेस्टुरेण्ट, रेमिट्यान्स, रिकुईटमेन्ट लगाएत रहि व्यवसायी गर्दै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रुपमा परिचित छन् ।
अहिले सम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल, ब्यवस्थित र पारदर्शी बनाउन
विश्वासका साथ काम गर्ने उद्धेश्यले कोषाध्यक्षमा उम्मेदवारी रहने थापाले बताउननु भयो ।
यही अक्टोवर १७-१९ काठमाडौंमा हुने एनआरएनए निर्वाचनमा कोषाध्यक्ष पदमा जापानबाट थापा र युएई दुबईबाट ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।