“एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी दिदै मैदानमा होमिएका छन्।
दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र एसिया प्यासिफ़िक क्षेत्रीय समितिलाई पनि एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने संकल्पका साथ संघको आगामी निर्बाचनमा एशिया प्यासिफ़िक क्षेत्रीय संयोजकमा पौडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन ।
‘मैले पूर्वी एशियाबासी नेपालीले चाहना र भावनालाई राम्रोसंग बुझेकोले एनआरएनएमार्फत उनीहरूको सेवामा कार्य गर्नका लागि संयोजक पदमा उम्मेदवारी दिएको हु ।’ आफ़नो उम्मेदवारीको बारेमा पुष्टि गर्दै पौडेलले भने- “सिंगो गैर आवासीय नेपालीको भावनाको कदर र सम्मान गर्दै सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार रहि शुभचिन्तक, साथीभाइ र एनआरएनए अभियन्ताहरुसँगको छलफलपछि एसिया प्यासिफ़िकको संयोजकमा जाने निर्णय गरेको हुँ ।”
एनआरएनए जापानको निवर्तमान अध्यक्ष रहेका पौडेलले जापानको एनआरएनएलाई आफूले मेलमिलाप, एकता, सहमति र सहकार्यमार्फत नयापन दिएको दाबी गर्दै एनआरएनए पूर्वी एशियालाई पनि छुट्टै पहिचान दिने योजना र कार्यक्रमसहित आफूले संयोजक पदको दाबी गरेको बताए ।
सन् २०११ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका पौडेलले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाएका छन पौडेलमा एनआरएनए जापानको सल्लाहकार हुँदै एनआरएनए जापानको अध्यक्ष भएर काम गरेको अनुभव छ।
संयोजक भैसकेपछि क्षेत्रीय भेला गरेर एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायसम्म पुर्याउन आफ्नो पहिलो कार्यभार रहेको उनले बताए ।
कास्की पोखरा समाज जापानको अध्यक्ष भै सामाजिक सेवाका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पौडेल अनुभबी एनआरएनएका अभियन्ता समेत मानिन्छन ।
संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन,गैरआवासीय नेपालीलाई नागरिकताको निरन्तरता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने वातावरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिश्चित गर्ने, श्रमिकका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर समाधानको सेतुको रूपमा काम गर्ने, श्रमिकको हक अधिकार र विचौलियाको अन्त्यका लागि विषेश सचेतनामूलक कार्यक्रम ल्याउन पहल गर्ने लगायतका बुँदाहरु पौडेलले चुनावी एजेण्डाका रूपमा अघि सारेका छन ।
गैरआवासीय नेपाली संघ एनआरएनएको एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनाबी सरगर्मी बढेर गएको छ ।