एनआरएनए समाचार

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

स्पेनमा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया

शुक्रबार स्पेनको बेनीड्रममा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्कको सयुक्त आयोजनामा स्पेनको बेनीड्रममा महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल संग अन्तरक्रिया सम्पन्न भएको हो । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको सहजिकरणमा बेनिड्रममा नेपाली राजदुतावासले संचालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवाको अनुगमन तथा स्पेनवासी नेपालीको समस्या बुझ्न र दुतावासको सेवा बारे जानकारी दिने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरिएको थियो । उक्त अन्तरक्रियामा बोल्दै राजदुत डा. शर्मिला पराजुली ढकालले दुतावासले… पुरा पढौ

एनआरएनए जापानले जापानमा बढिरहेको आत्महत्याका घटनाको रोकथामका लागि विज्ञहरुद्वारा परामर्श दिने गरि सचेतनामुलक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए। "जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।" अध्यक्ष निउरेले भने-… पुरा पढौ

गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवादको खास अन्तर्य

गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु : १) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो। छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक क्षेत्रीय समितिको मुख्य कार्ययोजनाका रूपमा राखेर एनसीसीहरुको सहयोग समन्वय र सहकार्यमा कोषको स्थापना गरिने क्षेत्रीय संयोजक हरि भट्टराईले बताएका छन्। बैठकले शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु… पुरा पढौ

भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुग्यो

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म दुई जिल्लामा गरेर १५७ जनाको मृत्यु… पुरा पढौ

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ

एनआरएनएको कार्यालयमा झडप, युवासंघको संलग्नतामा पत्रकारमाथि आक्रमण

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा समानान्तर एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गर्दा तनाव भएको छ। संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ । “उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले… पुरा पढौ

आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकताको दाबी गर्दै अध्यक्ष आरके शर्माले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।  सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको… पुरा पढौ