जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

-


     जनहित न्युज    
     मंसिर ४ गते २०८०


जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।
IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा २० जना र सी बल्कबाट ५९ जनाको आवेदन परेकोमा २० जना गरि जम्मा ७० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि छनौट गरिएको हो ।

छात्रवृत्तिमा छनौट हुने विद्यार्थीले आफू पढेको कलेज वा स्कूलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन् भने प्राप्त हुने रकम पार्टटाइम काम गरेको समय अनुसार घटबढ हुने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो।
IHNO को सहकार्यमा विगतका वर्षदेखि प्रदान गरिदै आएको उक्त छात्रवृत्तिका लागि यस वर्ष माग भएको आवेदनमा २ सय ४३ जनाले गरेको आवेदनबाट गोलाप्रथाद्वारा ७० विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको एनआरएनए जापानले जानकारी दिएको छ ।

जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनका लागि आवश्यक प्रक्रिया पूरा भै आवेदन गरेका मध्य N1पास गरेकालाई गोलाप्रथा सहभागी नगराई स्वतः छात्रवृत्तिका लागि छनोट गरिएको र अन्यलाई गोलाप्रथाद्वारा छनौट गरिएको एनआरएनए जापानमा अध्यक्ष नविन निउरे जानकारी दिए।
‘INHO को समन्वयमा एनआरएनए जापानले तयार पारिएका मापदण्डका आधारमा एक महिना अवधि राखेर छात्रवृत्तिका लागि आवेदन माग गरेका थियौ।’ अध्यक्ष निउरेले भने – ३ वटा बल्क विभाजन गरि निवेदन माग गरेका थियौं, रितपूर्वक प्राप्त आवेदनका आधारमा २४३ जना विद्यार्थीबाट ७० जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको हो।’

विदेशी विद्यार्थीलाई जापानमा अध्ययनका लागि केहि सहजता होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिदै आएको जनाउँदै IHNO का कोमीयामा योसीहारुले एनआरएनए जापानसँगको सहकार्यमा यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए।

छात्रवृत्तिलाई जापानका विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुसम्म पहुँच पुर्याउनका लागि ए, बि, सी बल्कमा बाँडेर एनआरएनए जापानमा क्षेत्रीय समितिको संयोजनमा एक महिनाको अवधि राखेर आवेदन संकलन गरिएको एनआरएनए जापानका उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। उनका अनुसार व्यवस्थित रूपमा आवेदन संकलन गरि पारदर्शी ढंगले गोलाप्रथाद्वारा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्दा कार्यक्रमप्रति अझ विश्वास बढेर गएको बताए ।

बल्क ए मा एनआरएनए जापान कान्तोका संयोजक सागर कार्की बल्क बि मा एनआरएनए जापान नागोयाका संयोजक भेषनाथ गौतम कृष्ण र बल्क सी मा एनआरएनए जापान क्युस्युका संयोजक बिबेक बुढाथोकी लगायतलाई सम्पर्क व्यक्ति तोकी एनआरएनए जापानका सचिव अर्जुन थापाले संयोजन गर्ने गरि २०२३ अक्टोबर १६ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म जापानमा भाषा, सेन्मोन तथा दाईगाक्को अध्ययनरत नेपाली विद्यार्थीहरुबाट आवेदन माग गरिएको थियो।

INHO

छात्रवृत्तिको छनोटका लागि आइतबार सम्पन्न कार्यक्रममा बोल्ने एनआरएनए जापानका क्षेत्रीय संयोजकहरुले नेपालबाट जापानमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई पहिलो प्राथमिकता अध्ययनलाई दिन आग्रह छात्रवृत्ति कार्यक्रम आगामी दिनमा पनि सञ्चालन हुने भएकोले सहभागी बन्न आग्रह गरे।
छात्रवृत्ति कार्यक्रमको संयोजनमा मुख्य भूमिका निर्वाह गरेका एनआरएनएका अभियन्ता कमल बास्तोलाले IHNO ले प्रदान गर्ने छात्रवृत्ति एनआरएनए जापान लगायतको प्रभावकारी व्यवस्थापनले अन्य देशका विद्यार्थीका तुलनामा नेपाली विद्यार्थीलाई महत्व दिने गरेको बताउँदै यो छविलाई कायम राख्न आग्रह गरे ।
छात्रवृत्ति प्रदानका लागि विद्यार्थी छनौट कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नविन निउरे कार्यक्रम सञ्चालन महासचिव टिकाराम खरेल र स्वागत मन्तव्य उपाध्यक्ष सुवास लामिछानेले गरेका थिए।
टोकियोबाट ए बल्क नागोयाबाट बि बल्क र फुकुओकाबाट सी बल्क मा संकलित आवेदनलाई फेसबुक लाइभमार्फत गोलाप्रथा गरि पारदर्शी ढंगले विद्यार्थी छनौट गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?