एनआरएनए नागोया क्षेत्रीय समितिको विवाद मिल्यो, दुवै पक्षलाई समेटेर समिति गठन

-


     कविकिरण न्यौपाने    
     श्रावण ७ गते २०७८


जापान-केहि समयदेखि विवादमा जेलिएको एनआरएनए नागोयाको विवाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ।
समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन। पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारसमणी पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले विवाद समाधानको लागि विकल्प निकालेको थियो ।

सहमतिको दस्तावेज

तर मनोजबम मल्ल र गंगा घर्तीमगरले यसलाई स्विकार गरेका थिएनन । त्यसपछि पनि दुबै पक्षलाई मिलाउन नागोयामा लागि परिएको र त्यो सफल भएको एनआरएनए नागोयाका संस्थापक सदस्य एवं दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताए।

बुधवार दुवै पक्षमा सहमति भई दुवै पक्षकालाई समावेश गरेर क्षेत्रीय समिति नागोया बनेको बताइएको छ। जसको संरक्षकमा गंगा घर्तीमगर रहेका छन् भने संयोजकमा मनोजबम मल्ल रहेका छन्। उप- संयोजकमा भैरबप्रसाद अधिकारी, यमन देवन , बिकास राना मगर र भेषराज गौतम रहेका छन्।

त्यस्तै सचिवमा विष्णु कार्की छन् भने सह- सचिवमा बिनोद कुमार सापकोटा, पवन पाण्डे र निलम राउत रहेका छन्। कोषाध्यक्ष यम वहादुर पाइजा छन् भने सह-कोषाध्यक्षमा सरोज बडाल र गोविन्द्र भुषाललाई राखिएको छ ।
कार्य समितिको सदस्यहरुमा कुशल पौडेल, सन्जय मन्डेला, मित्रलाल सिग्देल, नरेश राई र दलवहादुर कार्की रहेका छन्। अन्य सदस्यहरुमा सावित्री गुरुङ्ग , रमेश श्रेष्ठ, चिना रोक्का, सुजन कार्की, मनोज ढुङ्गाना, भानु पुरी, ईश्वर बस्नेत र शिव न्यौपाने छन्।

समाज सेवा गर्न सबै जना मिल्नु पर्ने भएकोले यस अघि जे भएपनि सबैजना मिलेर अघि बढ्न संयोजक मनोजबम मल्लले आग्रह गरे। त्यस्तै संरक्षक गंगा घर्तीमगरले यस समितिलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै सबै मिल्नुको विकल्प नरहेको बताए। नागोयामा यस समितिले उदाहरणीय काम गरेर देखाउने उनको भनाई छ।
नागोयामा विधानमा उल्लेख गरिएका प्रावधानका विषयमा आ आफनै बुझाई र व्याख्याका कारण विवादको सृजना हुन पुगेपछि क्षेत्रीय समितिको निर्वाचन विवादित भएको थियो । यसै विवाद झाङिदै जादा समानान्तर समिति गठन गर्नेदेखि समानान्तर गतिविधि संचालन हुदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?