जापानको समुद्रतर्फ लक्षित गर्दै उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

-


     जनहित न्युज    
     भाद्र ३० गते २०७८


उत्तर कोरियाले बुधबार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको छ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार सो ब्यालिस्टिक मिसाइल उत्तर कोरियाको मध्य क्षेत्रबाट जापानको समुद्रतर्फ पर्ने गरि प्रक्षेपण गरिएको बताईएको छ ।
जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ छ । दुई ब्यालिस्टिक मिसाइलको प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको जापानी समाचार संस्था एनएचकेको समाचारमा जनाईएको छ ।
जापानका प्रधानमन्त्री सुगा योशिहिदेले भने, “यो कार्य हाम्रो देश तथा यस क्षेत्रको शान्ति र सुरक्षाको लागि धम्की रहेको बताएका छन । प्रधानमन्त्री सुगाले भनेका छन -उनीहरुले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आचार संहिताविपरीत ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन । हामी कडा रूपमा यस कार्यको विरोध र निन्दा गर्नेछौं। साथै हामी सूचना र जानकारीको विश्लेषण गरि यसलाई छिटो र सही ढंगले जनतालाई सत्य तथ्य जानकारी प्रदान गर्न को लागि सक्दो प्रयास गर्नेछौं।

उत्तर कोरियाले सोमबार लामो दूरीमा प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त मिसाइल नयाँ प्रकारको भएको दाबी गरिएको छ ।
उक्त मिसाइल ‘रणनीतिक हिसाबले महत्त्वपूर्ण र १५ किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्ने’ किसिमको रहेको केसीएनएको दाबी छ । क्रुज मिसाइलभन्दा ब्यालेस्टिक मिसाइल शक्तिशाली र घातक हुने गर्छ ।

उत्तर कोरियाले आफ्नो ब्यालिस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ । अमेरिका, जापान र दक्षिण कोरियाबीच टोकियोमा महत्त्वपूर्ण वार्ता हुन लागेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गर्नुलाई चासोका साथ हेरिएको छ । तीन देशबीच लामो समयदेखि उत्तर कोरियासँगको सम्बन्धका बारेमा वार्ता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?