डिसेम्बरको सुरूवातसंगै जापानमा कोरोना भाइरस विरुद्धको तेस्रो डोजको खोप लगाईने

-


     जनहित न्युज    
     असाेज २६ गते २०७८


जापानले आगामी डिसेम्बरदेखि कोरोना भाईरस विरुद्दको तेस्रो डोजको खोप लगाईने योजनाका बारेमा प्रधानमन्त्री किशिदा फुमीयोले मंगलबार सांसदको बैठकमा जानकारी गराएका छन ।
डिसेम्बरको सुरूवातसंगै तेस्रो डोजको खोप कार्यक्रम संचालनको लागि अन्तिम तयारीमा रहेको प्रधानमन्त्री किशिदाले बताए ।
दोस्रो डोजको खोप पुरा गरेको कम्तीमा आठ महिना बितिसकेका मानिसहरुलाई बुस्टर शट अन्तर्गतको तेस्रो डोजको खोप प्रदान गरिन लागेको बताईएको छ । दोस्रो डोजको खोपको अवधि लामो संगै रोगबाट बचाउने एन्टिबडीहरु उत्पादनमा थप सहयोग गरिनुपर्ने अध्ययनले देखाएकोले तेस्रो डोजको खोप दिने योजना बनाईएको बताईएको छ ।
जापानमा गत फेब्रुअरीदेखि स्वास्थ्यकर्मी र ६५ वर्षमाथिको उमेर समूहमा पहिलो चरणमा खोप लगाएपछि मात्र सर्वसाधारण मानिसमा कोरोनाभाईरस विरुद्दको खोप कार्यक्रम संचालन गरिएको थियो ।
देशभरमा कोरोना संक्रमणको दरमा भारी रूपमा गिरावट आएसंगै जापानले अक्टोबर १ देखि १८ वटा प्रान्तमा लगाईदै आएको आपतकाल हटाई आर्थिक र सामाजिक गतिविधिलाई बढ़ावा दिदै अर्थतन्त्रलाई पुरानो अवस्थामा लैजानका लागि आवश्यक कदम चाल्ने योजनासंगै तेस्रो डोजको खोप कार्यक्रम संचालन गर्न लागिएको बताईएको छ ।
तर जसरी धेरै मानिसहरु बाहिर जान र देश भर यात्रा गर्न थालेका छन्, यसले गर्दा जाडो याममा कोरोना भाईरसको संक्रमण बढ़नेतर्फ स्वास्थ्य विशेषज्ञहरु सचेत गराएका छन ।

तर कुन कुन खोप लगाईएका लाई लगाईने बारेमा थप केही बताईएको छैन । जापानमा विशेष गरेर मोर्डेना, फ़ाइज़र र अस्ट्रेजिया नामक कोरोना भाईरस विरुद्दको खोप प्रदान गरिएको छ । हालसम्म जापानमा ६२ प्रतिशत मानिसले कोरोना भाईरस विरुद्ध दुवै डोजको खोप लगाईसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?