स्पेनमा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया

-


     घनश्याम गौतम     
     मंसिर ३ गते २०८०


शुक्रबार स्पेनको बेनीड्रममा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्कको सयुक्त आयोजनामा स्पेनको बेनीड्रममा महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल संग अन्तरक्रिया सम्पन्न भएको हो ।

नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको सहजिकरणमा बेनिड्रममा नेपाली राजदुतावासले संचालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवाको अनुगमन तथा स्पेनवासी नेपालीको समस्या बुझ्न र दुतावासको सेवा बारे जानकारी दिने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरिएको थियो ।

उक्त अन्तरक्रियामा बोल्दै राजदुत डा. शर्मिला पराजुली ढकालले दुतावासले प्रवाह गरेको सेवा तथा आगामी योजनाबारे जानकारी दिनुभएको थियो । उहाँले स्पेनमा नेपाली समुदायले नेपाली उत्पादनलाई बजारिकरण गर्न दुतावासले सहयोग गर्ने बताउदैं नेपाली ब्यवसायी तथा उद्यमीहरुको लगानी समाज गठन गर्नु सुझाउनुभयो ।

उहाँले नेपालीका सबै प्रकासका समस्यामा सहजिकरण गदैं स्थापित बनाउन हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्तरक्रियाको अवसरमा नेपाली भाषा, कला, संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धनका निम्ती नेपाली चाडपर्वको अवसरमा नेपाली समाज, एनआरएनए जस्ता सस्थाहरुले गर्ने गतिबिधीहरूले नेपालको प्रतिनिधीत्व गरेको बताउदैं आगामी दिनमा समेत यस्ता कार्यक्रमले आफ्नो नेपालीत्वको भावना जागृत गर्नु हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले स्पेन नेपालको समवन्ध स्थापित गर्न, स्पेनको श्रम अवसरलाई नेपालले सदुपयोग गदैं आम्दानी गर्न दुई देश बिच श्रम अनुमतिको लागि सम्झौताको चरणमा रहेको समेत बताउनुभयो । दुतावासमा जनशक्तीको अभाव रहेको बताउदै नेपालीहरुको समस्या आफ्नो समस्या सम्झेर सहजिकरण गरेको बताउनुभयो ।

उहाले नेपाल र स्पेनको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, संस्कृति, खेलकुद, हरित उर्जा, भाषा, पर्यटन लगाएतका क्षेत्रहरुमा राजदूतावासले पछिल्लो समय सम्पन्न गरेका कार्यक्रमहरु तथा गतिविधिहरु बारे प्रकाश पार्नुभएको थियो ।आलिकान्तेमा रहेका नेपालीहरुले स्पेनमा नेपालको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गर्दै राजदूतावाससँग थप सहकार्य गर्न समेत प्रोत्साहन गर्नुभएको थियो । 

अन्तरक्रियाको अवसरमा Concejala Residentes Alfas del Pi मार्टिन मर्टेन्स र पैट्रिक डे मेर्सम्यान समेत सहभागि हुनुभएको थियो ।

अन्तरक्रियामा नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडि, एनआरएनए क्षेत्रीय समिती कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा एनआरएनए स्पेनका केन्द्रीय उपाध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार सुरेन्द्र भुजेल थापाले धन्यवाद मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन एनआरएनए स्पेनका क्षेत्रीय सचिव सन्तोष अर्यालले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि नेपालीहरुले दुतावासको सेवा प्रभावकारि बनाउन, घुम्ती कन्सुलर सेवालाई समय समयमा संचालन गर्न र राजदुतावाससंग नेपालीहरुलाई जोड्नुपर्ने सुझाव दिएका थिए । यसैबिच राजदूतावासबाट द्वितीय सचिव अर्जुन अधिकारी तथा मेसेन्जर अनुपराज शिल्पाकार सहितको टोलीले घुम्ती कन्सुलर सेवा प्रवाह गरेको नेपाल समाज एसोसिएसनका महासचिव दुर्गा भण्डारीले जानकारी दिनुभयो ।

महासचिव भण्डारीका अनुसार पहिलो दिन घुम्ती कन्सुलर शिविरमा ४४ जनाले आफ्नो राहादानी नविकरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?