
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले सल्लाहकार, मानार्थ सदस्य, विशेषज्ञ समिति सदस्यसहित विभिन्न विभागहरुमा मनोतित गरेको छ।
एनआरएनए जापानको सातौं पूर्ण बैठकको निर्णय अनुसार विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ५ को दफा १० को १०.९ बमोजिम सल्लाहकार, मानार्थ सदस्य तथा विशेषज्ञ समिति सदस्य र सोहि विधानको परिच्छेद ५ को दफा २ को २.३ बमोजिम विभिन्न १४ वटा विभागका संयोजक सदस्य सचिव र सदस्यसहित प्रेस सल्लाहकार मनोनित गरिएको एनआरएनए जापानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिका अनुसार २०२३-२०२५ कार्यकालको लागि जापान स्थित नेपाली समुदायमा रहेर सामाजिक योगदान प्रदान गरेका व्यक्ति व्यक्तित्व, एनआरएनएका अभियन्ता, सामाजिक संघ संस्थामा क्रियाशील रहेका व्यक्ति लगायतलाई समेटेर मनोनित गरिएको उल्लेख गरिएको छ।
“आफ्नो कार्यकालमा गैर आवासीय नेपाली संघ जापान र समग्र एनआरएनएको मर्म र उदेश्य परिपूर्ति गर्दै वृहत्तर हितको लागि योगदान गर्न र एनआरएनए जापानको बिधान प्रति प्रतिवद्द रहि निष्पक्ष, इमान्दार र उत्तरदायी भएर प्रचलित नीति नियम बमोजिम कार्य गर्ने अपेक्षा एनआरएनए जापानले लिएको छ।” प्रकाशित विज्ञप्तिमा भनिएको छ।

एनआरएनए जापानको २०१३-२०२५ कार्यकालको लागि मनोनित हुने विशेषज्ञ समिति सदस्यहरुमा जिज्ञानकुमार थापा, डा. बलराम श्रेष्ठ, डा. भूपालमान श्रेष्ठ, डा. सुदिप अधिकारी, तिलक मल्ल, ददिवल खड्का, नरेन्द्र बस्नेत, राजेन्द्र भट्टराई, सन्तोष थापा, सालिकराम भण्डारी र हरि सापकोटा रहेका छन्।
बैठकको निर्णय अनुसार विधान बमोजिम २१ जना सल्लाहकार र २१ जना मानार्थ सदस्यहरु समेत मनोनित गरिएको छ ।

यसरी मनोनित हुने सल्लाहकारमा इश्वर गुरुङ, कालिका थापा, किरण बर्मा, कुलचन्द्र खरेल, कृष्ण शाही, घनश्याम कडेंल, डिलाराम खरेल, डिलाराम निउरे, तुल्सीराम खरेल र द्रोण सिलवाल रहेका छन्। त्यसै गरि मनोनित हुने अन्य सल्लाहकारमा धनबहादुर विक, निरञ्जन गैरे, पिताम्बर चापागाइ, प्रकाश पौडेल माइला, भवानी पन्त, विपिन कडेंल, मनिष अमात्य, महेन्द्रकुमार अधिकारी, संगीता अधिकारी, सन्देश अधिकारी र सरोज खत्री रहेका छन्।

त्यस्तै ओम काउचा मगर, कमला काप्री, कृष्णविक्रम घिसिंङ, गोपाल काफ्ले, गणेश राणा, घनश्याम कडेंल अर्जुन, डिका कार्की, दिनेश थापा, प्रकाश लामिछाने, प्रदिप खरेल, प्रशान्त तामाङ, विरेन्द्र शाही, बुद्धिराज लामा गोले, भूमि दवाडी, यदुराम सापकोटा, रमेश क्षेत्री, राजन भट्टराई, संजिव राई, सुशिल गिरी, सोनाम शेर्पा र श्याम ढुङ्गानालाई मानार्थ सदस्यमा मनोनित गरिएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले जानकारी दिए ।

लेखा व्यवस्थापान, अनुगमन मामिला समितिको संयोजकमा विष्णुप्रसाद रेग्मी सदस्य सचिव विश्व सुवेदी र सदस्यहरुमा गुणराज सापकोटा, गौरी सापकोटा, पम खत्री, बेदप्रसाद कडेल र राजेश खनाल मनोनित भएका छन्।

एनआरएनए जापानले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त कुमार पहरी कविकिरण न्यौपाने, कृष्ण अधिकारी, चन्द्र खनाल, नारायण रिमाल, पूणर् चलाउने, फुर्वा शेर्पा, राजन गौतम र सचिन आचार्यलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ।
Manonayan-Press-Noteकुन कुन विभागमा को को मनोनित भए?
कानूनी परामर्श सरकारी समन्वय संस्थागत विकास र समृद्धि मामिला विभागको संयोजकमा महासचिव टिकाराम खरेल सदस्य सचिबमा कमल बास्तोला र सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, कृष्णप्रसाद भण्डारी, दिलिप शर्मा, रमेश गुरुङ, रमेशबाबु घिमिरे, सिएम भट्टराई, राजु पनेरु र जापानमा सक्रिय संघ संस्थाका सम्पूणर् अध्यक्ष तथा प्रमुख एनआरएनए जापानका सम्र्पूण क्षेत्रका क्षेत्रीय संयोजकहरु रहेका छन्।
महिला सशक्तिकरण, लैङ्गिक समानता मानव अधिकार तथा बालकल्याण मामिलाको संयोजकमा महिला उपाध्यक्ष डा एलिजा केसी भण्डारी सदस्य सचिवमा महिला संयोजक सपना पाण्डे र सदस्य हरुमा अञ्जु भण्डारी , चन्द्राकुमारी केसी अधिकारी , प्रिन्सेस खरेल , मञ्जु गिरी , मनिषा चम्लागाई , मनिषा बास्तोला ललिता तामाङ, लक्ष्मी केसी महर्जन र यशोधा बस्नेत रहेका छन् ।
त्यसै गरी सीप ज्ञान नीति तथा कौशल मामिला विभागको संयोजकमा उपाध्यक्ष कृष्ण गैरे सदस्य सचिवमा विष्णु सापकोटा र सदस्यहरुमा कृष्णप्रसाद खरेल , गोपाल सापकोटा, जितेन्द्र केसी, धनबहादुर खत्री, भोजेन्द्र सुवेदी, मदन पन्त, महेश खड्का, राम बास्तोला, रामु कडेल, विष्णु कुमार श्रेष्ठ र शिवहरि पौडेल मनोनित भएको प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित विज्ञप्तिका अनुसार युवा शसक्तिकरण तथा खेलकूद मामिला विभागको संयोजकमा युवा संयोजक मुक्तिराज रेग्मी सदस्य सचिवमा सम्बोधन लामा र सदस्यहरुमा अमृत आचार्य, अखिल लामा, अविरल लामा, केशव सुवेदी, गोपाल ठोकर, जनक ठोकर , दुर्गाबहादुर खत्री , बुद्ध बस्नेत, विनम्र खत्री, मनिष मगर, मिलन नाम्बु , रामबहादुर थापा , वसन्त थापा , विनय गुरुङ , विशाल केसी , सन्त तामाङ, सन्तोष पुन र सुरज राई रहेका छन्।
शिक्षा तथा विद्यार्थी मामिला विभागको संयोजकमा सचिव अर्जुन थापा सदस्य सचिवमा नेत्र पाण्डेय र सदस्यहरुमा अजय राना, कमल विके, केशव सुवेदी , कृष्णप्रसाद भुसाल, खगेन्द्र खत्री, दिनेश लोहनी, नारायण सुवेदी , राज पुरी , राजेश खत्री , विशु भण्डारी र हेमन्त पौडेल रहेका छन्।
त्यसै गरी आप्रवासन, इम्रिगेशन तथा श्रम मामिला विभागको संयोजकमा उपाध्यक्ष सुवास लामिछाने सदस्य सचिवमा दिनेश लोहनी र सदस्यहरुमा अर्जुन आचार्य, अर्जुन थापा , जनक सुवेदी, धु्रव गौतम, दिपेश खत्री , बलराम उपाध्याय , बासु घिमिरे, मनोज बम मल्ल, विष्णु शर्मा , सुरेश लामिछाने र हरि श्रेष्ठ छन्।
भने व्यापार लगानी पर्यटन तथा रोजगार मामिला विभागको संयोजकमा उपाध्यक्ष सचिन श्रेष्ठ सदस्य सचिवमा छिरिङ लोप्चन लामा र सदस्यहरुमा आकाश लामा, कर्साङ तामाङ, कृष्ण कडेल दिपेन्द्र केसी , निर्मल शर्मा , भरत केसी , रञ्जित महर्जन , रमेश गुरुङ, राम खड्का, रुपक गैरे , विकास राई, सञ्जिव पोखरेल , सेवक पिसी, सुजन जोशी र शिव तण्डुकार रहेको बताइएको छ।
नेपाली भाषा कला साहित्य सास्कृतिक विभागको संयोजकमा रबिन शर्मा सदस्य सचिव मञ्जु बन सदस्यहरुमा कुमार गुरुङ, कृष्ण लामिछाने, खेमराज पौडेल, दिपा घिमिरे, दिनेशकुमार थपलिया दिलिप कडेल , निशा क्षेत्री , प्रकाश केसी , महेन्द्र न्यौपाने, संगीता कुवर , शरद पोखरेल, शोभा केसी, श्यामहरि तिम्सिना, सुनिल श्रेष्ठ र सुरेन्द्र सुनार रहेका छन्।
प्रकोप व्यवस्थापन परोपकार तथा मानवीय सहायता विभागको संयोजकमा उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ सदस्य सचिवमा विनय गुरुङ सदस्य र सदस्यहरुमा अमित गौतम , कमलराज पाण्डे, कृष्णबाबु पोखरेल , गोविन्द सिंह, ज्योति केसी, टिकाराम कडेल, निकेश श्रेष्ठ सन्तोष लिम्बु , प्रितम गर्बुजा, महेन्द्र पिसी, रमेश थापा र विमानसिंह मोक्तान रहेका छन् ।
एनआरएनए जापानको सूचना प्रविधि तथा प्राविधिक मामिला विभागको संयोजकमा प्रवक्ता खगराज गौतम सदस्य सचिवमा अर्जुन लामिछाने र सदस्य अनिश खड्का, उज्जल बानियाँ, ऋतुकुमार दुरा, कमल बानियाँ, कुमार मोक्तान , पुरुषोतम लामिछाने, बिनोद कुमार सापकोटा, लक्ष्मण पाठक, विष्णु सापकोटा विष्णुप्रसाद सुवेदी, विष्णु रोकाय, विश्वास आचार्य , सजिना मोक्तान
र शान्तमान शाक्य रहेका छन् ।
त्यसैगरि क्षेत्र विस्तार तथा समन्वय मामिला विभागको संयोजकमा उपाध्यक्ष देवराज उपे्रती, सदस्य सचिवमा अर्जुन थापा सदस्य र सदस्यहरुमा दिलिप शर्मा , रामु कडेल र विनय गुरुङ रहेका छन् भने आर्थिक तथा कोष अभिवृद्धि मामिला विभागको संयोजकमा कोषाध्यक्ष दिपक सुनार सदस्य सचिव अञ्जु भण्डारी र सदस्यहरुमा अर्जुन केसी रामबहादुर थापा र दिलिप शर्मा रहेका छन्।
जन स्वास्थ्य सहयोग विभागको संयोजकमा डा. एलिजा केसी भण्डारी र सदस्यहरुमा डा. रचना मानान्धर, डा. लुसुन चालिसे , डा. विकास लम्साल, डा. विजय ज्ञवाली, डा. सन्तोष श्रेष्ठ , डा. सन्दिप शाक्य र डा. सासिम पौडेल रहेको एनआरएनए जापानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।



