एनआरएनए समाचार

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक, २६ लाख येन बचत

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक गरिएको छ। जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा सम्पन्न नेपाल फेष्टिबलमा फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै फेस्टिभलमा खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएत फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार… पुरा पढौ

नयाँ नेतृत्व चयन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगलको राजधानी लिस्वनमा सोमबार नयाँ नेतृत्व चएन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले दिनेश खड्काको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी र महासचिवमा कृष्ण के.सी. लाई चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा भुमिश्वर सापकोटा, जय बहादुर के.सी., महेन्द्र जि.सी., सुवास क्षेत्री, बिनु भण्डारी के.सी.रहनुभएको छ । समाजको सचिवमा जयलाल सुवेदी, मीन गुरुङ, केपि शर्मा र सुबेस शर्मा साथै सह–सचिवमा सुर्य बोहरा र नवीन… पुरा पढौ

चिवामा सेप्टेम्वरमा नेपाल फेष्टिवल हुने

नेपालीहरूको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ। आगामी सेप्टेम्वर २२ आईतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिनुभयो। यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिनुभयो।नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली… पुरा पढौ

यस्तो रह्यो जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिभलको पहिलो दिन

नागोया नेपाल फेस्टिभलको पहिलो दिन नेपाली र जापनिजहरुको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापनिजहरु पनि रमाई रहेका देखिन्थे। नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् । फेस्टिभल शुरु हुन पूर्व सनिवार बिभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेस्टिभलमा नेपालका दुरदराजमा… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी अन्तिम चरणमा

नागोया । जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीब्र पारिएको छ । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।आगामी जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेष्टिबलको आयोजना गरिएको हो । फेष्टिबलबारे थप जानकारी दिने उद्देश्यले नागोयामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा… पुरा पढौ

राहदानीका लागि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सुरू

जापानमा रहेका नेपालीलाई सहज रुपमा नयाँ राहदानी आवेदन र नवीकरण गर्नका लागि चिबा र टोकियोमा सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको छ ।नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको समन्वय र सहकार्य तथा एनआरएनए चिबा र कान्तो क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा चिबाबाट शनिबारदेखि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको हो । जापानमा नेपालीहरुको संख्या बढ्दै गइरहेको र नेपालीको बढि जनघनत्व भएको टोकियो क्षेत्रका नेपालीलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा सहज रुपमा पुर्याउने ध्येयका साथ सप्ताहव्यापी… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेस्टिभलको तयारी तिव्र

कविकिरण न्यौपाने / नागोया – जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सह-आयोजना,नागोया अवस्थित  सामाजिक संघ संस्थाहरूको सह-आयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप-संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ । आउँदो जून ८ तारिख शनिबार र ९  तारिख आइतबार आईची… पुरा पढौ

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला, एनआरएनए र एचआईडीसीएलबीच हाईड्रोमा लगानी गर्ने सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको छ ।लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुबीच सम्झौता भएको हो । यसमा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया,साउदी अरव,कुवेत र इराकका एनसीसीहरुको संलग्नता रहेको छ ।जसअनुसार… पुरा पढौ

बेनीड्रममा साँस्कृतिक कार्यक्रम सम्पन्न

सोमबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । एक भब्य कोठाभित्र बहुचर्चित गायक, भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक गजमेरको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा गजमेरको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाल समाज एसोसिएसन र… पुरा पढौ

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न भएको छ ।गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको आयोजनामा भएको फेस्टिवल भव्य रुपमा सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओकाको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन… पुरा पढौ