
पोर्चुगलको राजधानी लिस्वनमा सोमबार नयाँ नेतृत्व चएन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले दिनेश खड्काको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी र महासचिवमा कृष्ण के.सी. लाई चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा भुमिश्वर सापकोटा, जय बहादुर के.सी., महेन्द्र जि.सी., सुवास क्षेत्री, बिनु भण्डारी के.सी.रहनुभएको छ । समाजको सचिवमा जयलाल सुवेदी, मीन गुरुङ, केपि शर्मा र सुबेस शर्मा साथै सह–सचिवमा सुर्य बोहरा र नवीन चोखाल चयन हुनुभएको हो । त्यस्तै अधिवेशनबाट कोषाध्यक्षमा राम बहादुर थापा र सह कोषाध्यक्षमा सरदा रसाइली चयन भएको निर्बाचन समितिले जनाएको छ ।
समाजको सदस्यहरुमा खड्का बहादुर साहनी, अनमोल के.सी., बिकास सुवेदी, चन्द्रमणी न्यौपाने, केदारनाथ सुवेदी, बिमल कार्की, सुनिल बि.क., मुना सापकोटा आचार्य, मन बहादुर कार्की, देबु थापा, बाबुराम घिमिरे, मनोज सिन्जाली, राजकुमार बस्याल, एलिसा सापकोटा र सरस्वती खत्री क्षत्री रहनुभएको छ ।
बागलुङ जिल्लामा घर भई हाल युरोपेली मुलुक पोर्चुगलमा कर्मथलो बनाउदै आएका बागलुङबासीहरु सहित करिव ७ सय प्रवासी नेपाली समुदायको उपस्थिती रहेको सम्पन्न कार्यक्रममाा बहुचर्चित लोकगायक तथा सर्जक बिष्नु खत्रीले आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा पन्चेबाजा प्रस्तुत गरिएको थियो । गायक तथा सर्जक खत्रीले गीत प्रस्तुत गरिरहदाँ नेपालीहरुले नृत्य गरेर साथ दिईरहेका थिए ।
गैर आवसिय नेपाली संघ पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालको प्रमुख आतिथ्यता संचालन गरिएको अधिवेशन तथा सास्कृतिक कार्यक्रम समाजका अध्यक्ष केशव के.सी.को अध्यक्षता, बरिष्ठ उपाध्यक्ष छवि पौडेलको स्वागत र महासचिव रमेश बुढाथोकीको संचालनमा सम्पन्न भएको थियो ।



