बेनीड्रममा साँस्कृतिक कार्यक्रम सम्पन्न

-


     जनहित न्युज    
     वैशाख ६ गते २०८१


सोमबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । एक भब्य कोठाभित्र बहुचर्चित गायक, भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक गजमेरको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा गजमेरको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काद्वारा आयोजित साँस्कृतिक कार्यक्रम स्पेनको बेनीड्रममा सम्पन्न भएको हो ।


साँस्कृतिक कार्यक्रममा गायक गजमेरले जनम जनम, नजरको गोली, सुन सुन, मत डुब्दै डुब्दै गए तिम्रो आखाको गहिराईमा ए मेरो हजुर लगाएतका दर्जनौं गीतहरु गाउनुभएको थियो ।
गायक गजमेर संगै स्थानीय कलाकार दिपक लामिछानेले समेत सांगितिक प्रस्तुति दिनुभएको थियो भने, नव प्रतिभा स्वेता धिताल, सर्मिला बोहोरा, नोरेना दुवाडी सुप्रिया पाण्डे, प्रनिसा पौडेल खुसी ओली लगाएतका स्थानीय कलाकारहरु नृत्यलाई समेत प्रवासी नेपाली दर्शकले रुचाएका थिए ।
एनआरएनए स्पेनका केन्द्रीय उपाध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार तथा NRNA LCC कोष्टाब्लाङ्काका सस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापाको प्रमुख आतिथ्यतामा संचालित साँस्कृतिक कार्यक्रममा नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडी र एनआरएनए क्षेत्रीय समिती कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो ।
नेपाली भाषा, कला, संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धनका निम्ती नेपाली चाडपर्वको अवसरमा संस्थाले साँस्कृतिक कार्यक्रम संचालन गर्ने गरेको छ । चाडवाडमा आफ्नो संस्कृतिमा रमाईलो कार्यक्रम गर्दा एक आपसमा भेटघाट हुने र यो आत्मीयताले ब्यस्तताको बिचमा सुख–दुख आदानप्रदान गर्ने अवसर मिल्ने कार्यक्रम संयोजक बिजय कुवँरले बताउनुभयो ।
कार्यक्रममा सहयोगदाता तथा नव प्रतिभा कलाकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित नेपालीहरुले एक आपसमाा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान समेत गरेका थिए ।

करिब ३ सय प्रवासी नेपालीहरुको सहभागिता रहेको कार्यक्रम नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडीको अध्यक्षता नेपाल समाजका वरिष्ठ सल्लाहकार तथा एनआरएनए स्पेनका सचिव सन्तोष अर्याल र नेपाल समाज एसोसिएसनका प्रवक्ता घनश्याम गौतमको संचलनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?