गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवादको खास अन्तर्य

-


     शिवप्रसाद पौडेल    
     कार्तिक २५ गते २०८०


गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु :

१) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यू, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यू र भेरो भोटिङ कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यूसँग पटक-पटक भएको सम्वादका आधारमा।

२) मैले नेपालस्थित २३-२५ को चुनावमा समेत प्रत्यक्ष उम्मेदवारी दिई चार जना उम्मेदवार साथीका बिचमा अत्यन्त झिनो मतले दोस्रो बरियतामा उप-विजेता भएको समेत भएको माथिका दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित बद्री केसी समूह, पराजित महेश श्रेष्ठ समूह, निर्वाचन मण्डल र भेरो भाेटिङ सिस्टमका सम्भावना, जिम्मेबार तथा कमजोरीहरु निम्नानुसार केलाएको छु:

१) एनसीसीहरुमा सर्वाेत्कृष्ट सफल एनसीसी जापानको चुनावको सङ्घारमा तत्कालीन अध्यक्ष डा. केसी र उपाध्यक्ष महेश श्रेष्ठज्यूले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दखल दिन खोजेको तर मसहितको निर्वाचन मण्डल निर्वाचन नियमाबलीमा अडिक रहेको।

२) एनसीसीहरुका निर्वाचन पश्चाच डा. केसी तथा महेश श्रेष्ठले आ-आफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्वाचनलाई आफूहरुले गर्दा भेरो भाेटिङ प्रणाली ल्याउन सफल भई निष्पक्ष निर्वाचन गराउन सफल भएको भनि निष्पक्ष निर्वाचन तथा भेरो भोटिङ प्रणालीको राम्रो जस सम्पूर्ण दुई जानाले मात्र लिएको, निष्पक्ष निर्वाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदिएको।

३) डा. केसी र महेशज्यूको प्रमुख मातहतमा बनाइएको आएसिसी निर्वाचन मण्डललाई दुवैले अत्यन्त विश्वास गरिएकाे तथा दुवैले कुनै अनुगमन नगरेकाे।

अध्यक्ष डा.केसी समूह तथा महेश श्रेष्ठ समूह र आरके शर्मा समूहका त्रिपक्षीय  कमजोरीहरू:

१) निर्वाचन मण्डललाई पूर्ण विश्वास गर्नु

२) निर्वाचन भेरो भाेटिङ प्रणालीबाट प्राप्त नतिजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिर ल्याइनुमा प्रमुख कमजोरी अध्यक्ष डा.बद्री केसीलगायत निर्वाचन मण्डल तथा महेश श्रेष्ठ समूह र आरके समूहकाे पनि केही अपरिपक्कता र कमजोरी थियो।

३) देशबाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनएलाई निर्वाचन पूर्व नै भेरो भेराे भाेटिङमा नै भोटिङजस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकीपन देखाइ एनआरएनएलाई नै नो भाेट भन्न खोजिएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाइएको।

४) दुई पक्षले निर्वाचन परिणामालाई अस्वीकार गर्दैगर्दा भेरो भाेटिङ प्रणालीको नियमअनुसार निर्वाचन मण्डलबाट २ जना, आइसिसीबाट २ जाना, स्वतन्त्र सिस्टम इन्जिनियर २ जाना र नेपाल सरकारको प्रतिनिधि १ जनाको टोली बनाई ७ जानाको छानबिन टोली बनाउन नसकेको।

५) भोट गरेको लग डेटा (log Dat), भेरो प्रणालीले दिएको नतिजा, निर्वाचन मण्डलले सार्वजनिक गरेको नतिजा, सार्वजनिक गरिएको तथा भेरो प्रणालीलाई पठाइएको ४६०० जानाको Databases विश्लेषण गर्न नसकेको।

उक्त ७ जानाले ४६०० जानाको Data आर्डिट गरी आस्ट्रेलियास्थित भेरो कम्पनीको कार्यालयमा प्रत्यक्ष उपस्थिति जनाई log Data मगाउन नसकेको।

६) विशेषगरी असन्टुस्ट दुवै पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो भाेटिङ कम्पनीसँग माथि उल्लेखित ४, ५ नम्बरअनुसार log Data मगाउनतिर नलागी ‘कामकुरा एकातिर, कुम्लो बोकी ठीमीतिर’जस्तो लज्जास्पद रूपमा स्वघोषित समूह बनाउनतिर लागि एनआरएनएलाई फुटको सङ्घारमा लग्न खोजेको र नवनिर्वाचित भनिएको समूहले समेत उप-विजेता भनिएको समूहका मुद्दाहरु सुनुवाइतिर नलागी अनावश्यक होहल्लातिर लागेको।

सम्भावना

१) जापानस्थित निर्वाचनको सिलसिलामा जापानको निर्वाचन मण्डलमा म आफूले पनि भेरो भाेटिङका बारेमा बुझेको बुझाइ, उक्त कम्पनीका मालिक ग्रेग मिचेलज्यूसँग पटक-पटक गरेको सम्वाद र स्वयम् डा. केसी र महेश श्रेष्ठज्यूले उक्त कम्पनीको बारेमा दिएको जानकारी र उहाँहरुले लिन खोजेको जसको आधारमा पनि भेरो भाेटिङले आफूले प्राप्त डाटा (तथ्यांक)लाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकि उक्त कम्पनी अस्ट्रेलियन सरकारसँग मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्वाचनको लागि आफ्नो छबी नबिगार्ने सम्भावना हुन्छ। किनकि, भविष्यका ठुला-ठुला अन्य देशहरुका चुनाव गराउनबाट बञ्चित हुन चाहन्न तर भेरो भाेटिङसँग अनिवार्य log data मगाउन सक्नुपर्छ।

२) निर्वाचन मण्डलको अपरिपक्वता र नेपालको निर्वाचन मण्डल र आइटी टिमले भेरो भाेटिङलाई पठाएको डाटा र सार्वजनिक गरेको डाटा फरक पनि हुन सक्छ। यसको लागि माथि उल्लेखित सात जनाको छानबिन कमिटीले भेरोको कम्पनीमा गई log data मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिनेछ।

जापानस्थित विशेषगरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठज्यू र मेरो आफ्नो कमजाेरी :

१) जापानबाट विभिन्न पदमा छरपस्ट उठेका उम्मेदवारहरुलाई अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठज्यूको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार उठाउन र एक पदमा एक उम्मेदवारमात्र उठाउन केही पहल नगरिनु।

मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पुर्‍याउन नसक्नु।

२) जापानबाट छरपस्ट उठेका उम्मेदवारहरुले जापानको प्रतिष्ठा जोगाउन र जापानबाट एकजुट हुनुभन्दा पनि आ-आफू जस्तोसुकै हर्कत गर्न पछि नपर्नु।

३) महेश श्रेष्ठज्यूलाई लिडर मानेर मलगायत एनसिसी जापानले विभिन्न पहल गर्न खोज्दा पनि महेश श्रेष्ठज्यूलगायत उहाँको समूह जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहकाउमा लाग्नु गल्ती थियो।

(पाैडेल एनआरएन जापानका निवर्तमान अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?