
नेपाली समुदायको सेवा र संस्थागत विकासमा दुई दशकभन्दा बढी समयदेखि समर्पित सामाजिक अभियन्ता गोविन्द रानाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका राना मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्लचरल सोसाइटीजस्ता संस्थाहरूका संस्थापक हुन् । यी संस्थाहरू मार्फत उनले स्थानीय नेपाली समुदायको एकता, समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान र्पुयाएका छन ।
यसअघि पनि उनी NRNA NCC अष्ट्रेलियाको सदस्य २०२३–२५ का रूपमा सक्रिय छन् उनी नेतृत्वदायी क्षमतासँगै समावेशी सोच, पारदर्शिता र जवाफदेहीताको पक्षधर नेता मानिन्छन् ।
रानाका प्रमुख एजेन्डाहरू
१-नीति निर्माणमा सहभागितास् अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायका समस्या र आवश्यकता प्रभावकारी रूपमा उजागर गर्ने ।
२- समाजका सबै वर्गको प्रतिनिधित्वस् वृद्ध, महिला, युवा र विद्यार्थीका हितमा विशेष प्राथमिकता।
३- NRNA सदस्यता प्रणालीको डिजिटलाइजेसन र सबै क्षेत्र तथा समुदायबाट सदस्यताको विस्तार।
४- नेपाली व्यवसाय प्रवद्र्धन तथा भाषा–संस्कृति संरक्षणमा संस्थागत पहल।
५- नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढ गर्न बहुपक्षीय अभियान ।
६- नेपाली मूलका युवाहरूलाई ल्च्ल्ब् मा जोड्ने प्रेरणादायी कार्यक्रमहरू ।
NRNA लाई सबै नेपालीहरूको साझा, समावेशी, विश्वासिलो र भविष्य–मुखी मञ्च बनाउने मेरो लक्ष्य हो, रानाले भने ‘आगामी जुलाई २६ को निर्वाचनमा तपाईंहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु’ ।
गोविन्द रानाको उम्मेदवारीलाई समुदायबाट सकारात्मक प्रतिक्रिया र समर्थन मिल्दै गएको देखिन्छ । अनुभव, समर्पण र दूरदर्शितासहितको उनको यो उम्मेदवारी भावी नेतृत्वका लागि बलियो विकल्प बन्न सक्छ ।



