
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले यस वर्षको टोकियो म्याराथनमा सहभागिता जनाउन जापान आईपुगेकाहरूलाई ११ जना धावकलाई सम्मान गरेको छ।
एक समारोहका बीच एनआरएनए जापानले विभिन्न देशबाट आईपुगेका ११ जना नेपालीहरूलाई स्वागत तथा सम्मान गरेको हो।

समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले टोकियोमा यस पटक नेपाली खेलाडीहरूको ठुलो सहभागिता हुने भएकोमा खुसी व्यक्त गर्दै सम्मान गर्न पाउदा हर्सित भएको बताउनु भयो।
विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीले मातृभुमीको शिर ठाडो बनाउने काम गर्न सबैलाई अनुरोध गर्नुभयो। जुनस्थानमा हुनुहुन्छ सोही स्थानबाट सकारात्मक काम गरौ नेपालीहुनुमा गर्व गर्दै देशको शिर उचो पार्ने काममा तल्लिन हुन अनुरोध गर्नुभयो। विश्वका फरक फरक मुलुकमा रहेपनि एकै पटक २ महिला सहित ११ जनाले जापानको म्याराथन सहभागि हुनु जापानवासी नेपालीका लागि गौरवको कुरा हो भन्नुभयो।
समारोहमा एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले यस पटक ठुलो सख्यामा नेपालीहरू सहभागिता हुनु ठुलो उपलब्धी रहेको भन्दै खेलाडीको हौसलाका लागि टोकियोका हरेक चौकमा आईतबार बिहान ढाका टोपी र नेपाली झण्डा सहित भेला हुन अपिल गरेका छन् । बिहान ९ बजे सिन्जुकुबाट सुरू हुने म्याराथन १० बजे कान्दा, ११ बजे गिन्जा र १२ बजे टोकियो स्टेशनमा पुगेर हौसला बढाउन अध्यक्ष निउरेले अपिल गरेका छन् ।
सम्मान कार्यक्रममा धावक आत्मराम दाहालले दौड र योगासनका लागि कुनैपनि उमेरले नछेक्ने अनुभव सुनाएका थिए।सोही अवसरमा पर्वत समाज जापानले साहसिक खेलका खेलाडीहरूसंग खुल्ला अन्तक्रिया तथा विदाई कार्यक्रम समेत गरेको थियो।



