अप्ठ्यारोमा परेका कान्साईबासी नेपालीलाई २४ सै घण्टा हटलाइन सेवा दिने योजनासहित भिमबहादुर घर्ती अनुपले घोषणा गरे एनआरएनए कान्साईको संयोजक पदमा उम्मेदवारी

-


     जनहित न्युज    
     असार ८ गते २०८२


“दुःखमा पनि सुखमा पनि बनाउने छु एनआरएनए प्रभावकारी ”क्षेत्र र केन्द्र जोड्दै समन्वयात्मक कार्यका लागि मेरो उम्मेदवारी” भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गतको कान्साई क्षेत्रीय समन्वय परिषद्को संयोजकमा भिम बहादुर घर्ती (अनुप) ले उम्मेदवारी घोषणा गरेका छन्।
हाल कान्साई क्षेत्रीय समन्वय परिषद्को उप संयोजकको रुपमा कार्यरत रहेका घर्तीले आफ्नो व्यवस्थित कार्यालय स्थापना गरी सञ्चालन गर्ने र आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल सहयोग पुर्याउने गरि हटलाइन टेलिफोनको व्यवस्था गर्ने योजना सहित २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको बताएका हुन्।
सन् २०१२ मा जापान प्रवेश गरेका संयोजक पदका उम्मेदवार घर्तीले सन् २०१३ मा नै एनआरएनएको सदस्यता लिएर सामाजिक सेवाका क्रियाशील रहँदै आएको बताएका छन्। कान्साई क्षेत्रीय समन्वय परिषद्मा २०१७-२०१९ कार्यकालबाट कार्यसमिति सदस्यको रुपमा एनआरएनएको अभियानमा सक्रिय रहेका घर्तीले भने- आगामी कार्यकालमा क्योटो ह्योगो नारा साकाई ओसाका अलग अलग क्षेत्रमा रहेका नेपालीलाई तत्काल सहयोग पुर्याउने गरि २४सै घण्टा सम्पर्क गर्न सकिने हट लाइन टेलिफोन फोनको ब्यबस्था गरि कान्साइमा रहेका हरेक नेपालीलाई भैपरि आउने समस्या समाधानमा दत्त चित्त भै योजना अनुरूप लाग्ने छु।
कान्साई क्षेत्रका विभिन्न स्थानबाट एनआरएनए कान्साई क्षेत्रीय समन्वय परिषद्माको कार्यसमितिमा सहभागिता सुनिश्चित गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै संयोजक पदका उम्मेद्वार घर्तीले कान्साईमा रहेका हरेक सामाजिक संघ संस्थासँग आफूले निकटतम रुपमा रहि सहकार्य गर्दै कार्य गरेर उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे।
नव आगन्तुक नेपालीहरुलाई भाषा र कामको खोजीमा सहयोग गर्न आफ्नो टिम प्रतिवद्ध भएर लाग्ने उम्मेद्वार घर्तीको भनाइ छ। एनआरएनए जापानको नेतृत्वमा बन्न लागेको नेपाल हाउसलाई सफल बनाउन धेरै भन्दा धेरै नेपालीहरूको सहभागितालाई सुनिश्चित गर्नु आफ्नो अर्को महत्वपूर्ण योजना रहेको बताउँदै घर्तीले जापानवासी नेपालीलाई एनआरएनए आफ्नो नजिक साथीको रुपमा महसुस गराउन, नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोडी राख्ने क्रियाकलापहरु गर्ने यसका लागि एनआरएनए एनसीसी, नेपाली दूतावास लगायत सरोकारवाला निकायसँग समन्वयरुपमा कार्य गर्ने भूमिका निर्वाह गर्ने बताए।
संयोजक पदका उम्मेदवार घर्ती ओसाका क्षेत्रमा रहेर सामाजिक सेवाका क्रियाकलापमा क्रियाशील रहँदै आएका छन् । उनी एनआरएनएको अलावा गल्कोट समाज जापानको केन्द्रीय सदस्य, मगर समाज र जनजाति महासङ्घको क्षेत्रीय समिति कान्साईको सल्लाहकार र अरू बिभिन्न खेलकुदसँग सम्बन्धित संस्थामा सल्लाहकार सद्स्य रहि जापानवासी नेपालीको सुख दुख र भैपरि आउने समस्या हरूमा हातेमालो गरि काम गरिरहेको ओसाकाबासी नेपालीहरुलाई बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?