राष्ट्रिय समाचार

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको संख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन्। उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए। ‘विदेशमा गरेको दुख र अनुभव आफ्नै ठाउँमा… पुरा पढौ

कोरोना भाइरसको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त भेरियन्ट भारतको केरलामा पुष्टि भएको हो । नेपालको छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि एक किसिमको तरंग पैदा भएको छ ।  भारतमा कोभिड–१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । भारतमा यो भेरियन्ट पहिलोपटक २२ मंसिरमा कारकुलमामा पुष्टि भएको थियो ।  भारतमा कोरोनाका केस बढेपछि नेपालमा पनि संक्रमण फैलिनसक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च… पुरा पढौ

प्रधानमन्त्रीको घोषणा – मेरो हुटहुटीअनुसारको परिणाम आएन, अब कार्यशैली बदल्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गरे ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता… पुरा पढौ

दुर्गम गाउमा विकासले गति लिँदै

काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् । लेखानीमा विनियोजित रकममध्ये रू पाँच करोड ५५ लाख सङ्घीय र रू… पुरा पढौ

बसाइँसराइको प्रभाव : हिमाल र पहाड क्रमशः रित्तिँदै, पाँच लाख बस्न योग्य घर खाली

मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको संख्या बढी रहेको छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरुको भनाइ छ। विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ। अहिले तराईमा कूल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले… पुरा पढौ

शिक्षा विधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूणर् माग पूरा गर्ने बताएका छन् । उनले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्नेसमेत बताए ।एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत् आफ्ना माग पूरा गराउन शिक्षकहरुको लागि अनुकुल अवसर प्राप्त भएको दाबी गरे । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल शुरु हुन गइरहेको भन्दै उनले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताए । शिक्षकका समस्या… पुरा पढौ

बागलुङमा धान उत्पादन बढ्यो

गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।  गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् । कृषि ज्ञान… पुरा पढौ

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा… पुरा पढौ

राष्ट्रपति पौडेलविरुद्ध अदालत जाने सभामुखको चेतावनी

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध अदालतमा जाने धम्की दिएका छन् । संघीय संसदको महासचिवको सिफारिस कार्यान्वयनबारे बुधबार राष्ट्रपतिसँगको फोन वार्तामा सभामुख घिमिरेले यस्तो चेतावनी दिएका हुन् ।  मंसिर २४ गते आइतबार संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत नहुँदै सोमबार सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पद्मप्रसाद पाण्डेयलाई नयाँ महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।  घिमिरे र तिमिल्सना आफैँ राष्ट्रपति भवन शीतल निवास पुगेर सो सिफारिस राष्ट्रपतिलाई बुझाएका थिए । राष्ट्रपति कार्यालयले भने… पुरा पढौ

खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदलको आदेश बेरितको देखिएको भन्दै उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा यस अगाडि आदेश आउँदा दुई न्यायाधीशबिच राय बाझिएपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा पुगेको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए भने… पुरा पढौ