राष्ट्रिय समाचार

२३ वर्षपछि दोहोरियो कांग्रेस फुटको इतिहास : केन्द्रमा शेरबहादुर देउवा नै !

काठमाडौं । उसैगरी इतिहास दोहोरियो, नेपाली कांग्रेस पार्टीको आन्तरिक इतिहासमा । २३ वर्षपछि उस्तै दृश्य मञ्चन गर्दै अन्ततः नेपाली कांग्रेस चिरियो । २०५९ साल असारको पहिलो साता बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जस्ता दृश्य मञ्चन भएका थिए, लगभग त्यही दृश्य भृकुटीमण्डपमा २०८२ पुसको अन्तिम साता फेरि दोहोरियो । खालि हल र मिति मात्र फरक । उस्तै कटुता र उस्तै आरोप–प्रत्यारोपसहित । अनि दुवै पटक केन्द्रबिन्दूमा थिए शेरबहादुर देउवा । उतिखेर देउवालाई कांग्रेस संस्थापन पक्षले ‘अन्याय’ गरेको कथा बुन्दै फुटेको थियो ।… पुरा पढौ

गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन

नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री  फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।  बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका थिए । नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका… पुरा पढौ

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टिका बीच आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर (संस्थापन समूह) ले आलटाल गर्न खोजे पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा यो विशेष महाधिवेशन आह्वान गरिएको हो। बहुमत प्रतिनिधिको समर्थन विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२ प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी दिनुभयो। यसअघि ५४ प्रतिशत प्रतिनिधिहरूको मागलाई आधार मानेर महामन्त्रीद्वयले यसको प्रक्रिया अगाडि बढाएका थिए।… पुरा पढौ

नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु: पहिलो दिनमै २ हजार बढी प्रतिनिधिद्वारा नाम दर्ता

पाली कांग्रेसको बहुप्रतिक्षित विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको संस्थापन पक्षको आलटालका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा यो विशेष महाधिवेशन आह्वान गरिएको हो। प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार उद्घाटन सत्रको पहिलो दिन साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। आइतबार बिहान ८ बजेदेखि नै भृकुटीमण्डपको मूल गेटमा स्थापना गरिएको स्टलबाट दर्ता प्रक्रिया सुरु गरिएको थियो। नाम दर्ताका लागि प्रति प्रतिनिधि एक हजार रुपैयाँ शुल्क तोकिएको… पुरा पढौ

जापानमा विदेशीलाई झट्का: भिसा र नवीकरण शुल्क ५ गुणा बढ्ने, पेट्रोल सस्तो बनाउन ‘विदेशीकै खल्ती’ ताक्दै सरकार

टोकियो (एजेन्सी) । जापान सरकारले सन् २०२६ को आर्थिक वर्षदेखि विदेशी नागरिकहरूका लागि भिसा (प्रवेशाज्ञा) जारी गर्दा र आवासीय अनुमति (Residence Status) नवीकरण वा परिवर्तन गर्दा लाग्ने शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको छ। सरकारले यो शुल्क वृद्धिसँगै ‘अन्तर्राष्ट्रिय पर्यटक कर’ (Departure Tax) पनि बढाएर वार्षिक करिब ३ खर्ब ५० अर्ब जापानी येन राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। चाखलाग्दो कुरा के छ भने, यसरी विदेशीबाट उठाइएको रकमको ठूलो हिस्सा जापानभित्र पेट्रोल र डिजेलको मूल्य घटाउन प्रयोग गरिनेछ। १४० अर्ब येन… पुरा पढौ

हुन्डीमा ठूला कम्पनी : एजेन्टले खुलाए इसेवादेखि आइएमइसम्मको संलग्नता

काठमाडौं : इसेवा मनी ट्रान्सफरदेखि आइएमइसम्मका लागि भारतबाट हुन्डी गरेर नेपालमा पैसा ल्याउन संलग्न रामबाबु जयसवालले भारतबाट मात्र  ९२ करोड रकम लुकाएर नेपाल भित्र्याएको खुलेको छ। प्रभु म्यानेजमेन्टमा भएको ठगीको सम्बन्धमा अनुसन्धान गर्दा पक्राउ परेका जयसवालको बयानबाट उनले ६ वर्षको अवधिमा सो रकम हुन्डी गरेर नेपाल ल्याएर इसेवा मनी ट्रान्सफर, प्रभु र आइएमइ लगायतका मनी ट्रान्सफरको खातामा राखिदिएको खुलेको हो । उनले बयानमा नेपालमा रेमिटेन्स कारोबार गर्ने इसेवा, प्रभु अनि आइएमइको कम्पनीको खातामा रकम जम्मा गरेको खुलाएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान… पुरा पढौ

अमेरिका जान अब नेपालीले १५ लाखसम्म ‘धरौटी’ राख्नुपर्ने: ट्रम्प प्रशासनको नयाँ नियमले नेपालको छवि र कूटनीतिमा धक्का

काठमाडौँ/वाशिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले नेपाली पर्यटक र व्यवसायीहरूका लागि भिसा प्रक्रियामा अत्यन्तै कडा र महँगो नियम लागू गरेको छ। डोनल्ड ट्रम्प प्रशासनले आप्रवासन नीतिमा गरेको फेरबदलसँगै अब 'टुरिस्ट' (B1) वा 'बिजनेस' (B2) भिसामा अमेरिका जान चाहने नेपालीहरूले ५,००० देखि १५,००० अमेरिकी डलर (करिब ६ लाख ५० हजार देखि १९ लाख ५० हजार नेपाली रुपैयाँ) सम्म धरौटी (Visa Bond) राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार यो नियम यही ज्यानुअरी २१, २०२६ बाट लागू हुनेछ। के छ नयाँ नियममा? अमेरिकी… पुरा पढौ

जापानबाट सन् २०२५ मा १२८ नेपाली डिपोर्ट: किन हुँदैछ यस्तो? जोगिनका लागि जान्नैपर्ने कानुनी प्रावधानहरू

नेपालीहरूको आकर्षक वैदेशिक गन्तव्यका रूपमा रहेको जापानबाट गत वर्ष (सन् २०२५) उल्लेख्य संख्यामा नेपालीहरू डिपोर्ट (देश निकाला) भएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ मा मात्रै जापानबाट १२८ जना नेपाली डिपोर्ट भई नेपाल फर्किएका हुन्। सम्बन्धित मुलुकको नियम उल्लंघन गर्ने र गैरकानुनी रूपमा बस्नेहरूलाई जापान सरकारले पक्राउ गरी स्वदेश फिर्ता पठाएको विभागको विवरणले देखाउँछ। किन भए डिपोर्ट? यी हुन् मुख्य कारणहरू: अध्यागमन विभागका निर्देशक ढकालका अनुसार नेपालीहरू डिपोर्ट हुनुका पछाडि मुख्यतया चारवटा कारणहरू देखिएका छन्: ओभरस्टे (अनुमतिभन्दा बढी बसाइ): भिसाको अवधि… पुरा पढौ

एमालेको ‘अन्तिम’ मत परिणाम : पदाधिकारीमा कसले कति पाए भोट ? (सूचीसहित)

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा थालिएको मतगणना दिउँसो सकिएको हो । ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ । मत परिणाम पढ्नोस्–अध्यक्ष (१)केपी शर्मा ओली : १६६३ईश्वर पोखरेल : ५६४ उपाध्यक्ष (५)अरूण नेपाल : ४३९गुरुप्रसाद बराल : ११३७गोकर्णराज विष्ट : १३६८टकंप्रसाद कार्की  ः ३५८परशुराममेघी… पुरा पढौ

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २२ सय २७ प्रतिनिधिले मतदान गरेकोमा ओलीले १ हजार ६६३ मत पाउँदा पोखरेलले मात्र ५६४ मत प्राप्त गरे । महासचिवमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले १२२८ मत प्राप्त गर्दा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ९९९ मत पाए । मंसिर २७ देखि… पुरा पढौ