राष्ट्रिय समाचार

जेनजीको कब्जामा सिंहदरबार

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् । पुरा पढौ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।  “निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ,” स्वकीय सचिव राजकुमार राईले भने । पुरा पढौ

कालिमाटीमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु

कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजीहरूको जारी प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । कालिमाटी वृत्त कब्जामा लिन खोजेपछि प्रहरीले आत्मरक्षाका लाग गोली चलाएको थियो । पुरा पढौ

प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । पुरा पढौ

सर्वोच्च अदालतभित्रै छिरेर प्रदर्शनकारीले जलाए गाडी

सर्वोच्च अदालत भित्रै छिरेर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।  मंगलबार प्रदर्शनकारीहरूले रामशाहपथस्थित सर्वोच्च अदालतभित्रै प्रवेश गरेर तोडफोड गरी आगजनी गरेका हुन्। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रदर्शनकारीहरू अदालत परिसर छिरेरै गाडीमा तोडफोड गरेका हुन्।  'प्रदर्शनकारी भित्रै छिरेर तोडफोड गरेका छन्। आगजनी पनि गरेका छन्,' उनले भने। पुरा पढौ

बालेनले भने- सेनासँग वार्ता हुनुअघि संसद् विघटन हुनुपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्।  उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, 'प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।' उनले देशको नेतृत्व अब जेनजीको पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै यसका लागि तयार हुन पनि भनेका छन्।   'तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला,' उनले भनेका छन्, 'साथै,… पुरा पढौ

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते,आगजनी भएकै घरभित्र थिए

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन । पुरा पढौ

प्रशासनले जिम्मा लिन नसक्ने भनेपछि रवि रिहा

नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्।  ‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने। रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन्। उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्। रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन्।  पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। पुरा पढौ

संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।   पुरा पढौ