सर्वोच्च अदालतभित्रै छिरेर प्रदर्शनकारीले जलाए गाडी

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


सर्वोच्च अदालत भित्रै छिरेर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। 

मंगलबार प्रदर्शनकारीहरूले रामशाहपथस्थित सर्वोच्च अदालतभित्रै प्रवेश गरेर तोडफोड गरी आगजनी गरेका हुन्। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रदर्शनकारीहरू अदालत परिसर छिरेरै गाडीमा तोडफोड गरेका हुन्। 

‘प्रदर्शनकारी भित्रै छिरेर तोडफोड गरेका छन्। आगजनी पनि गरेका छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?