राष्ट्रिय समाचार

नेपालले तय गरेको यात्रा हेर्नलायक छ: महासचिव गुटेरेस [पूर्णपाठ]

नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा मंगलवार सम्बोधन गर्दै गुटेरेसले स्वाधीनताको रक्षाका लागि नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका छन् । 'दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैंले बनाउनुभएको छ,' गुटेरेसले भने, 'विगत २० वर्षको… पुरा पढौ

एनआरएनएको कार्यालयमा झडप, युवासंघको संलग्नतामा पत्रकारमाथि आक्रमण

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा समानान्तर एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गर्दा तनाव भएको छ। संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ । “उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले… पुरा पढौ

चर्चामा आउँदै ओझेलका गन्तव्य, बढ्न थाले पर्यटक

पछिल्लो समय बागलुङमा नयाँ-नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तलेभन्दा बढी कति ?

नेपालमा बनाइएका घरहरूमध्ये सबैभन्दा बढी एकतले रहेका पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकानुसार नेपालभरका कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेका पाइएको हो । दोस्रो धेरैमा दुईतले २८.७८ प्रतिशत, तेस्रोमा तीनतले ९.१७ प्रतिशत, चौथोमा चारतले १.३ प्रतिशत, पाँचौँमा पाँचदेखि साततले ०.६४ प्रतिशत, छैटौँमा आठदेखि नौतले ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरू ०.००३ प्रतिशत रहेका देखिएको छ । तथ्यांकानुसार मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा… पुरा पढौ

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।  ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो… पुरा पढौ

टी-२० विश्वकप एसियाली छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। १४६ रनको लक्ष्यमा नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि कुशल भूर्तेलले ७४ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित कुमार पौडेल ३५ रनमा अविजित रहे। आसिफ शेखले २७ रन बनाए। कुशल मल्ल भने ६ रनमा अविजित रहे। सिंगापुरको लागि अनन्थ कृष्णा र अक्षय पुरीले… पुरा पढौ

भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए। आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ। पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएकोमा आन्तरिक तयारीका साथै विविध कारणले नोभेम्बर २० मा सारिएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।नेपालीहरुको महान पर्व दशै तथा दिपावली छठका कारण राष्ट्रिय समिति र क्षेत्रीय समितिका अधिकान्श पदाधिकारी नेपालमा रहेको र थप आन्तरिक तयारी गर्नुपर्ने भएकोले क्षेत्रीय समितिको बैठक… पुरा पढौ

देश चलाउनेलाई विकास, रोजगारी र समृद्धि कसरी भन्ने थाहा छ?

कुखुरा पाल्ने सामान्य व्यवसायीलाई यो व्यवसायबाट के, कति, कसरी नाफा गर्ने थाहा हुन्छ। कुखुरा पाल्ने खोर कस्तो र कसरी बनाउने? लागत कति पर्छ? कुखुराको चल्लाको भाउ कति छ? चल्ला हुर्काएर बेच्ने बेलासम्म दानाको खर्च कति हुन्छ? श्रम लगायत अन्य खर्च कति हुन्छ? बजारमा कुखुरा कति बक्रि हुन्छ? यि सबै सूचना आधारमा कुखुरा व्यवसायीले कसरी कुखुरा पाल्दा लगभग बर्षमा कति नाफा हुन्छ, हिसाब-किताब गर्न सक्छन्।नेपाल जस्तो विकासशील देशको राज्यको प्रमुख लक्ष्य विकास, रोजगारी र समृद्धि हो। राज्यको नेतृत्वदायी भूमिकामा रहेका हाम्रा… पुरा पढौ