सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर छ दशमलव एक म्याग्निच्यूडको भूकम्प

-


     जनहित न्युज    
     फागुन १६ गते २०८१


काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा निस्केका थिए ।

करिब ७ सेकेन्ड हल्लाएको थियो भूकम्पले 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ७ सेकेन्ड लामो समयसम्म भूकम्पले हल्लाएको छ । 

“आजको भूकम्प मान्छेले महसुस गर्नेगरी करिब ७ सेकेन्ड लामो समयसम्म गएको छ,” भूकम्पविद् भरत कोइराला भन्छन्, “हामीले वेभ अध्ययन गर्दा भने निकै लामो समयसम्म जमिन हल्लिरहेको हुन्छ । मान्छेले महसुस नगर्नेगरी १०/१२ मिनेटसम्म जमिन हल्लिरहेको हुन्छ ।” 

राति २ : ५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यो नयाँ भूकम्प नभएर गोरखा भूकम्पको परकम्प भएको भूकम्पविद् कोइराला बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?