राष्ट्रिय समाचार

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ

भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, दर्जनौँ घर भग्नावशेषमा परिणत 

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए। जाजरकोटमा भूकम्पले मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको उनले बताए। भूकम्पमा थुप्रै घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जिल्लाका सबै सुरक्षा… पुरा पढौ

भूकम्पमा नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु 

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ। भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो ।०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्। पुरा पढौ

सबैलाई उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल समेत गरेका छन् ।   ‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् । पुरा पढौ

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या ५० पुग्यो

शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा मात्र २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।  भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।  ६.४ म्याग्निट्यूडको भूकम्प, केन्द्र विन्दू जाजरकोट राष्ट्रिय भूकम्प मापन केन्द्रका… पुरा पढौ

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो ।  आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो । शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले… पुरा पढौ

जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसेजापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्। साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको… पुरा पढौ

सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ

सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले रिगललाई पक्राउ गर्न आदेश दिएको थियो । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाए लगत्तै रिगललाई पक्राउ गरिएको हो ।  राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो… पुरा पढौ

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता-२०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जित्यो

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लव टोकियोले जितेको छ।बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ का विरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र पाएर चित्त बुझाएको छ । घुम्टे… पुरा पढौ

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने भएको छ।प्रवासी नेपाली सबैमा सत्भाव र एकता आजको अपरिहार्यता , राज्यको अर्थतन्त्र सुधारमा रेमिटान्समा जोड हालको अनिवार्यता भन्ने नाराका साथ सातौं अधिवेशन नोभेम्वर ५ तारिख अर्थात आगामी आइतबार हुन लागेको क्षेत्रीय समितिले जानकारी दिएको छ ।टोकियोको शिन ओकुबो स्थित मुरा हलमा हुन लागेको उक्त अधिवेशनको आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय समितिका अध्यक्ष गोकर्ण बर्तौलाले जानकारी दिए। उनका अनुसार अधिवेशनको लागि हल व्यवस्थापन, सूचना तथा पत्राचार लगायत आन्तरिक… पुरा पढौ