राष्ट्रिय समाचार

काभा च्याम्पियन्स लिग : काजकिस्तानको झेइक बिरुद्ध हेल्प नेपालको रोमान्चक जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा आज भएको खेलमा काजकिस्तानको बिरुद्ध रोमान्चक जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा काजकिस्तानको झेईक भलिबल बिरुद्ध ३–२ को सेटमा रोमान्चक जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले फाईनल यात्रा जिवित बनाएको हो । पहिलो सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेटमा झेईकले २५–१८ र… पुरा पढौ

NRNA ICC सदस्य पदमा राम बहादुर थापाको उम्मेदवारी

लामो समयदेखि सामाजिक सेवा र नेपाली समुदायको हक–हितमा क्रियाशील समाजसेवी राम थापा काजीले गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । एनआरएनए नागोया (२०१९-२०२१) को उपाध्यक्ष, गैर-आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (२०२१-२०२३) को सदस्य र (२०२३-२०२५) को सह-कोषाध्यक्ष पदमा रहेर सकृय रुपमा कार्यसम्पादन गरेका थापा जापानमा बसोबास गर्ने नेपालीहरूको हक–अधिकारको संरक्षणदेखि लिएर जन्मभूमि नेपालको शिक्षा, स्वास्थ्य, राहत तथा विकासका विविध क्षेत्रमा सक्रिय योगदान दिदै आउनुभएको छ । विशेषतः जापानमा नेपालको राष्ट्रीय… पुरा पढौ

काभा च्याम्पियन्स लिग : दोस्रो खेलमा हेल्प नेपालको शानदार जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गदैं दोस्रो जित निकालेको हो ।सुरुवाती दुई सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने चौथो सेटमा एचडिसिले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले… पुरा पढौ

स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक

टोकियो, जापान – नेपालका प्रतिष्ठित आध्यात्मिक गुरु राष्ट्रसन्त ब्रह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक गर्ने निर्णय गरेकोमा बिहुँकोट समाज जापानले हार्दिक कृतज्ञता प्रकट गरेको छ। बागलुङ जिल्लाको बिहुँकोट–६, पौवाडाँडास्थित श्री परमेश्वर राम मन्दिर परिसरमा जन्मिएर नेपाली योग, तान्त्रिक साधना र आध्यात्मिक जागरणको रुपमा एक नक्षेत्र रहेको सम्मानमा हालै नेपाल सरकारले टिकट प्रकाशन गर्ने निर्णयलाई स्वागत गर्दै नेपाल सरकारप्रति कृतज्ञता प्रकट गरिएको बिहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलले बताए।”नेपाल सरकारको यो एतिहासिक… पुरा पढौ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।  पुरा पढौ

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।अनलाइन खबरबाट पुरा पढौ

जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन- माओवादी अध्यक्ष प्रचण्ड

नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गर्दै सो कुरा व्यक्त गरेका हुन् ।जापानमा रहेको मञ्चले विश्व भर रहेका मञ्चहरूलाई थप सक्रिय गराउन र पार्टीले गरेका हरेक… पुरा पढौ

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर छ दशमलव एक म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा निस्केका थिए । करिब ७ सेकेन्ड हल्लाएको थियो भूकम्पले … पुरा पढौ

सभामुखलाई प्रचण्डले भने- रविको निलम्बनबारे पुनः मूल्यांकन गरियोस् (सम्बोधनको पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गरिएको निलम्बनबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरे । ‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्‍बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ? यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने । उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा… पुरा पढौ

क्वान्टम कम्प्युटिङ: नयाँ युगको प्रविधि

क्वान्टम कम्प्युटिङ आजको समयमा संसारभरि चर्चित विषय बनेको छ। यसले कम्प्युटिङको भविष्यलाई नयाँ दिशा दिने अपेक्षाहरू राखिएको छ । कम्प्युटिङको इतिहासमा दुई प्रमुख युगहरू छन् । एक कन्साभनल कम्प्युटिङ (classical computing) जसले ० र १ मा आधारित रहेर काम गर्छ भने अर्को क्वान्टम कम्प्युटिङ एक नयाँ प्रविधि हो जुन क्वान्टम मेकानिक्सको सिद्धान्तमा आधारित छ । क्वान्टम मेकानिक्स एक शाखा हो जसले परमाणु र अणुको स्तरमा भइ रहेका घटनाहरूलाई अध्ययन गर्छ । यसको प्रयोग गर्दा कम्प्युटरहरू सामान्य कम्प्युटरहरू भन्दा धेरै छिटो… पुरा पढौ