स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक

-


     जनहित न्युज    
     जेठ २३ गते २०८२


टोकियो, जापान – नेपालका प्रतिष्ठित आध्यात्मिक गुरु राष्ट्रसन्त ब्रह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक गर्ने निर्णय गरेकोमा बिहुँकोट समाज जापानले हार्दिक कृतज्ञता प्रकट गरेको छ।

बागलुङ जिल्लाको बिहुँकोट–६, पौवाडाँडास्थित श्री परमेश्वर राम मन्दिर परिसरमा जन्मिएर नेपाली योग, तान्त्रिक साधना र आध्यात्मिक जागरणको रुपमा एक नक्षेत्र रहेको सम्मानमा हालै नेपाल सरकारले टिकट प्रकाशन गर्ने निर्णयलाई स्वागत गर्दै नेपाल सरकारप्रति कृतज्ञता प्रकट गरिएको बिहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलले बताए।
”नेपाल सरकारको यो एतिहासिक निर्णय स्वामीजीको योगदानप्रति राष्ट्रको गहिरो सम्मानको प्रतीक हो”- बिहुँकोट समाज जापानका अध्यक्ष कँडेले भने- यस अवसरमा बिहुँकोट समाज जापान परिवारले स्वामीको दिव्य स्मृतिमा श्रद्धा व्यक्त गर्दै नेपाल सरकारलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।
“२०५३ सालमा ब्रह्मलीन भएका स्वामीजीले जीवनभर आत्मज्ञान, संयम, र सत्यको मार्गमा मानिसहरूलाई डोर्याउँदै नेपालभर अनुयायीहरूको ठूलो सङ्ख्या रहेको छ । विहुकोट समाज जापानका अध्यक्ष कँडेलले भने – उहाँको पथ प्रदर्शनबाट समाजलाई सकारात्मक चेतको विकास गराउन सहयोग भएकोले नेपाल सरकारले सम्मान स्वरुप टिकट प्रकाशन गरेको हो।”

स्वामीकै पहलमा २०३१ सालमा स्थापना गरिएको रामकोटधाम गुरुकुल स्थापना गरि संस्कृत शिक्षाको माध्यमबाट वैदिक संस्कारको विस्तार गरिँदै आएको अध्यक्ष कँडेलको भनाइ छ । उनका अनुसार २०५६ सालमा बन्द केही समयका लागि बन्द भएको उक्त गुरुकुल हाल बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहलमा करिब १ करोड ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्दै पुनः सञ्चालनको प्रयास भइरहेको छ।
रामकोटधाम, शिवधुरी गुफा, तिनचुलेको धुरी, र थामाको धुरी लगायतका स्थलहरू स्वामीजीको तपोभूमिका रूपमा विकास हुँदै गइरहेका छन्, जसले बागलुङ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रमा परिणत गरिरहेको छ।
स्वामी परमानन्द सरस्वती महाराजको सादगीपूर्ण जीवनशैली, गहिरो साधना, र भक्तिभावले भरिएको शिक्षाले नेपाली समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण ल्याएको त्यहाका वैद्धिक व्यक्तित्वहरु बताउँछन्। स्वामीका उपदेशहरूले आज पनि धेरै नेपालीलाई मार्गदर्शन गरिरहेको उनीहरूको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?