रविलाई बुद्ध एयर मार्फत काठमाडौं ल्याईदै

-


     जनहित न्युज    
     श्रावण ३२ गते २०८२


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ ।

उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउनको लागि उताबाट हिँडाइएको छ।

लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदैछ।

लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकितासहित समर्थकहरू भिड एयरपोर्टमा जम्मा भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?