
विद्युतीय चुरोट (भेप) चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ८७ करोड बिगोसहितको मुद्दा दायर गरेको छ ।
८६ हजार ४ सय विद्युतीय चुरोट (भेप) चोरी प्रकरणमा ४ व्यक्ति र ७ कम्पनीलाई अभियोग सहित मुद्धा दर्ता गरिएको हो ।
चार व्यक्तिविरुद्ध ३० करोड र ७ कम्पनीविरुद्ध ५७ करोड गरी ८७ करोड बिगो र बिगो बमोजिम जरिवाना गर्न माग गर्दै बिहीबार ललितपुर जिल्ला अदालतमा राजस्व छलीको मुद्दा दायर गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
विजय शेर्पा र रमेश शेर्पालाई मुख्य प्रतिवादी बनाइएको मुद्दामा उनीहरूसँग २० करोड १५ लाख ४८ हजार तथा मतियार सन्तोष पराजुली र महेशप्रसाद पाठकमाथि १० करोड ७ लाख ७४ हजार बिगो र बिगोबराबर जरिवाना मागदाबी गरिएको छ ।
यस्तै, सिल्क गुरुप र त्यसका सहायक ७ वटा कम्पनीसँग ५७ करोड ८ लाख ४ सय ५३ रुपैयाँ बिगो कायम गरिएको छ ।
–लोकान्तरबाट



