राष्ट्रिय समाचार

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

यसरी भड्कियो ‘जेनजी’ आन्दोलन अनि लाग्यो संसद भवनको गेट नम्बर २ मा आगो (तस्बिरहरू)

काठमाडौं : सरकारविरुद्धको जेनजी आन्दोलनले हिंसात्मक मोड लियो। प्रहरीसँगको झडपबाट आक्रोशित प्रदर्शनकारीले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरे। बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शनले बानेश्वरमा उग्र रूप लिँदै संसद भवन आक्रमणसम्मको अवस्थामा पुग्यो। जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी पछि हटेनन्। उनीहरूले संसद भवनको २ नम्बर गेटलाई निशाना बनाए। ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे। लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसले प्रदर्शनकारीलाई थप उत्तेजित बनायो। पर्खाल भत्काएपछि प्रदर्शनकारीको समूह गेटको नजिक रहेको सुरक्षा पोष्टतर्फ अघि बढ्यो।… पुरा पढौ

जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ह्याक, लेखे भ्रष्टाचारविरोधी नारा

देशका विभिन्न भागमा युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन्। 'जेनजी राइजिङ नेपाल' ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन्। यस्तै पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन्।नेपालखबरबाट पुरा पढौ

संसद भवनको तीनवटै गेट प्रदर्शनकारीको कब्जामा

नयाँ बानेश्वरको संसद भवन परिसर जेन जी प्रदर्शनकारीले कब्जा गरेका छन् । भवन क्षेत्र आसपासको सडक प्रदर्शनकारीले नियन्त्रणमा लिएका हुन् । संसद भवन प्रवेश गर्ने तीन वटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् । उनीहरूलाई हटाउने प्रयास गरिरहे पनि प्रहरी सफल भएको छैन ।  संसद् भवन परिसर भित्रबाट समेत प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेका छन् । तर, प्रदर्शनकारीले उक्त अश्रुग्याँस टिप्दै संसद् भवन भित्र फालिरहेका छन् ।  हाल प्रदर्शनकारीले प्रहरीलाई पानीको बाेटल र ढुङ्गा प्रहार गरिरहेका छन् । भिड तितरबितर पार्न प्रहरीले बाल… पुरा पढौ

संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी

काठमाडौं । संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ । पुरा पढौ

नयाँ बानेश्वरमा प्रहरीले गोली चलायो

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ।   भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ।  त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि… पुरा पढौ

माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू जारी

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।  उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा अनिश्चतकालका लागि कर्फ्यू जारी गरिएको हो।  जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। पुरा पढौ

जेन-जीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश

काठमाडौँ —भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै… पुरा पढौ

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्यो

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः… पुरा पढौ

पढाइका लागि नेपालबाट बाहिरियो एक खर्ब ३८ अर्ब

देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि बर्सेनि ठूलो धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार, सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१  प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।… पुरा पढौ