
काठमाडौँको बानेश्वरमा विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै आज (मंगलबार) बिहानैदेखि युवाले प्रदर्शन थालेका छन्।
सोमबार बानेश्वरमै भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १७ युवा मारिएका थिए। त्यसको विरोधमा युवाहरूले आज बिहानैदेखि त्यही ठाउँमा प्रदर्शन थालेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।
प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ ।



