संसद भवनको तीनवटै गेट प्रदर्शनकारीको कब्जामा

-


     जनहित न्युज    
     भाद्र २३ गते २०८२


नयाँ बानेश्वरको संसद भवन परिसर जेन जी प्रदर्शनकारीले कब्जा गरेका छन् । भवन क्षेत्र आसपासको सडक प्रदर्शनकारीले नियन्त्रणमा लिएका हुन् । संसद भवन प्रवेश गर्ने तीन वटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् । उनीहरूलाई हटाउने प्रयास गरिरहे पनि प्रहरी सफल भएको छैन । 

संसद् भवन परिसर भित्रबाट समेत प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेका छन् । तर, प्रदर्शनकारीले उक्त अश्रुग्याँस टिप्दै संसद् भवन भित्र फालिरहेका छन् । 

हाल प्रदर्शनकारीले प्रहरीलाई पानीको बाेटल र ढुङ्गा प्रहार गरिरहेका छन् । भिड तितरबितर पार्न प्रहरीले बाल प्रयोग गरिरहेको छ । तर, प्रदर्शनकारी पछि हटेका देखिँदैनन् ।

नेपाल दर्ता हुन नमानेका सामाजिक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय, भ्रष्टाचारलगयतका मुद्दामा आक्रोश जनाउँदै आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारी बानेश्वर पुग्दा आक्रोशित बनेका हुन् । बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?