राष्ट्रिय समाचार

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन – प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएकाक छन् ।  शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गरे ।  ‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै… पुरा पढौ

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छन् । बिहीबार जापानको टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै… पुरा पढौ

एक मत नपुग्दा कोशीको एमाले नेतृत्वको सरकार ढल्यो

काठमाडौँ । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत खसेको छ ।अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । बहुमतका लागि ४७ मत आवश्यक पर्ने हुनाले मात्र एक मतले हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पद गुमाए। माओवादी केन्द्र र… पुरा पढौ

‘सड्कमा ’मा खटिएका प्रहरीको व्यथा…

आज असार १५ ,हामी दही चिउरा खाने सुरमा तरसड्कमा समुदाय लाई सेवा दिने धुनमा प्रहरीउनीहरुले के खाए कस्ले हेर्ने होला ?प्राय: बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ। ‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ? के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने ?म आफ्नो घरको चोकमा बिहान ५:३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने… पुरा पढौ

क्योतोको घडी पसलमा लुटपाट गरेको आरोपमा ‘Luffy’ का प्रमुख पक्राउ, स्काम इमेलमार्फत करिब ६ अर्ब येन कमाएको प्रहरीको भनाइ

२०२२ मा क्योतो घडी पसलमा लुटपाट गरेको आरोपमा फिलिपिन्समा रहेको जापानी स्कम ग्रुपका एक नेतालाई पक्राउ गरिएको टोकियो प्रहरीले जनाएको छ ।३९ वर्षीय कियोतो इमामुरालाई फेब्रुअरीमा फिलिपिन्सबाट देश निकाला गरिसकेपछि पैसा र अन्य बहुमूल्य चीजहरू चोरी गर्न विशेष ठगी स्काम चलाएको चारवटा आरोपमा अभियोग लगाउदै पक्राउ गरिएको हो । ठगी समूहका नेताहरूमध्येको यो पहिलो लुटपाट भएको महानगरीय प्रहरी विभागले जनाएको छ।स्काम गर्नेहरूले जापानमा वास्तविक अपराधहरू गर्न जिम्मेवार व्यक्तिहरूलाई "Luffy" नाम प्रयोग गरेर इमेल पठाएको विश्वास गरिएको गरिएको छ । Luffy… पुरा पढौ

जापानको बन्दरगाहको पानी रगतजस्तै रातो देखियो

जापानको एउटा बन्दरगाहको पानी रगतजस्तै रातो भएको पाइएको छ। एक्कासी नदीको पानी रातो बन्दा त्यहाँका मानिसहरूलाई त्रसित बनाएको बिबिसीमा उल्लेख छ। ओरियन ब्रुअरीजले फूड कलरिङ डाइ नदीमा चुहावट भएकाे र यसले बन्दरगाहको रंग बदलेको बताएको छ। यसले स्वास्थ्यमा समस्या नआउने कम्पनीले जनाएको छ। यद्यपि, कम्पनीले नागो शहर, ओकिनावाका मानिसहरूलाई ‘असुविधा र चिन्ताको लागि’ माफी मागेको छ। धेरै बासिन्दाहरूले पानीलाई ‘धेरै फोहोर’ भनेर वर्णन गरेका थिए। चुहावट, ब्रुअरीको कुलिङ सिस्टमबाट सुरु भइ वर्षाका कारण फैलिएकाे बताइएकाे छ। ओरियन ब्रुअरीजका अध्यक्ष हाजिमे… पुरा पढौ

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइँदै, असार १५ अर्थात् दही चिउरा खाने पर्व पनि

आज धान दिवस। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत… पुरा पढौ

सुदूरपश्चिमेली समाज जापानको जुलाई २ तारिख अधिवेशन हुने

सुदूरपश्चिमेली नेपाली समाज जापानको सातौ अधिवेशन जुलाई २ तारिख आइतबारका दिन हुने भएको छ । अधिवेशन टोकियोको शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको मुरा हलमा दिउसो १२ बजेदेखि आयोजना गरिएको छ । अधिवेशन सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष डा:भरत नेगीको संयोजकत्वमा एक निर्वाचन समितिको पनि गठन गरिएको जानकारी समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले दिएका छन । नयाँ कार्यसमितिको गठन गरिने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न्न उपसमितिको पनि गठन गरिएको छ ।अधिवेशनमा सहभागिताका लागि जापानमा रहेका सबै सुदूरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध… पुरा पढौ

नेपाली समाज, जापानको चौथो महाधिवेशन अगस्ट १३ मा हुने

नेपाली समाज, जापानको चैथो महाधिबेशन १३ अगस्ट २०२३ मा सम्पन्न हुने भएको छ ।जनता समाजवादी पार्टी, नेपाल ( जसपा) को प्रवास समिति नेपाली समाजले टोक्यो जापानमा महाधिवेशन गर्न लागेको हो ।नेपाली समाज जापानको किता कान्तो क्षेत्रीय समिति, कान्साइ क्षेत्रीय समिति र कानागावा क्षेत्रीय समिति कृयाशिल रहेका छन भने नागोयामा क्षेत्रीय समिति निकट भविश्यमा गठन हुने महासचिव गेल्बु शेर्पाले जानकारी दिए ।चौथो महाधिवेशनसंग सम्बन्धित सबै तयारी सकिएको र नेपाली समाज जापानले चौथो महाधिबेसनमा नविन कार्य बिधी प्रयोग गर्ने महाधिवेशन ब्यबस्थापक संयोजक… पुरा पढौ

बालेनको आग्रहः निजी विद्यालयका शिक्षकले सरकारले तोकेअनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकलाई सरकारले तोके अनुसारको तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । बिहीबार महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै तलब नपाए महानगरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि… पुरा पढौ