राष्ट्रिय समाचार

एनआरएनएलाई सबैको आशा र विश्वासको केन्द्र बनाउने योजनासहित कंडेलको डिआरसीमा उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा दिपक कंडेलले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील कंडेल विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका हुन ।एनआरएनएको अभियानमा लामो समयदेखि सक्रिय कंडेल हाल उप संयोजक(डिआरसी)… पुरा पढौ

एनआरएनए एसिया प्यासिफ़िकको उप संयोजकमा श्रवण सत्यालले दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालमा एसिया प्यासिफ़िक क्षेत्रीय समितिको उप संयोजकका लागि श्रवण सत्यालले उम्मेदवारी दिएका छन्।एनआरएनए आइसीसीका सदस्य समेत रहेका सत्याल जापानमा रहेर व्यावसायी गरि एक दशकभन्दा बढी समयदेखि एनआरएनएको अभियन्ता, साहित्यिक र वैचारिक संघ सस्थाका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।“अबको एनआरएनए साझा एनआरएनए भन्ने मान्यतालाई स्थापित गराउनका लागि डिआरसीमा उम्मेदवारी घोषणा गरेको हुँ ।” डिआरसीका प्रत्यासी सत्यालले भने-“लामो समयसम्म एनआरएनएका साथै सामाजिक सेवाका सबैखाले गतिविधिमा सरिक भइसकेका छु यस भित्रका आरोह र अवरोह देखेर नै… पुरा पढौ

नब्बे प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घट्यो, शिक्षा प्रणालीमै समस्या

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ विद्यार्थीलाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ ।  त्यसैगरी, १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत ननग्रेडिङ (एनजी)मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर, ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने… पुरा पढौ

मनमा हुण्डरी बोकेका शान्त प्रचण्ड

अमेरिकी पत्रकारिताका भीष्म पितामह वाल्टर लिपम्यानले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘सरकारले दिएका सबै समाचार कमबेसी ‘व्यवस्थित’ नै हुन्छन्। सरकार र पत्रकारबीचको सम्बन्ध त्यतिबेलासम्म सुमधुर रहन्छ जबसम्म पत्रकार सरकारका कामलाई आलोचनात्मक आँखाले हेर्दैन। यो चलन सनातनदेखि निरन्तर चलेको छ। आगामी दिनमा पनि अक्षुण रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका मुख्य कार्यकारी हुनुहुन्छ। तर, बुधबार अपरान्ह उहाँले आयोजना गर्नुभएको नेपालका पच्चीस जना स्वनामधन्य सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा खुलेर कुरा गर्नुभयो। उहाँका कुरा ‘व्यवस्थित’ गरिएको जस्तो लागेन। खासमा यो औपचारिक पत्रकार सम्मेलन पनि थिएन। तर,… पुरा पढौ

मोना जापानको आठौं महाधिवेशन सेप्टेम्बर ३ मा हुने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर ३ तारिख आईतबार टोकियोमा हुने भएको छ ।मोना जापानको हालै बसेको कार्यसमितिको बैठकले विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गरी महाधिवेशनको तैयारीलाई तिब्र पारिएको अध्यक्ष सचिन श्रेष्ठले समुद्रपारिलाई बताए । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना जापानको आठौं महाधिवेशनबाट आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्यकारी समिति गठन गर्ने, बिधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने लगायतका मुलभूत कार्यसूची रहेको अध्यक्ष… पुरा पढौ

पश्चिमी जापानमा आएको ताइफुन ल्यानले गर्मी बिदाको यात्रामा अराजकता निम्त्यायो

मङ्गलबार कीइ प्रायद्वीपमा ल्यान्डफल गरेपछि पश्चिमी जापानमा ताइफुन ल्यान फसेकोले कम्तिमा २३ जना घाइते भएका थिए । भारी वर्षाले ग्रीष्म बिदाको चापमा रहेका हवाई र रेल सेवाहरू अवरुद्ध भएका थिए।वाकायामा प्रिफेक्चरको केप शिओनोमिसाकी नजिकै ल्यान्डफल गरेपछि बिहान ५ बजे भन्दा पहिले ताइफुनले देशको मुख्य टापु होन्सुलाई उत्तरतर्फ पार गरेको थियो । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार तोतोरीदेखि ओकायामा प्रान्तहरूमा मुसलधारे वर्षा भयो। एजेन्सीले साँझ तोतोरी प्रिफेक्चरको लागि भारी वर्षाको चेतावनी जारी गरेको थियो।त्यहाको शहरको स्थानीय सरकारले पनि लगभग १ लाख… पुरा पढौ

जापानमा पहिलो पटक प्रति घण्टा ज्याला औसत १,००० येन नाघ्यो

केन्द्रीय न्यूनतम पारिश्रमिक परिषद् (स्वास्थ्य, श्रम र कल्याण मन्त्रीको सल्लाहकार निकाय) को उपसमितिले आर्थिक वर्ष २०२३ मा जापानको भारित औसत न्यूनतम प्रतिघण्टा ज्याला ¥ ४१ ले वृद्धि गर्ने निर्णय गरेको छ।प्रतिघण्टाका आधारमा ज्याला सङ्केत गर्ने तरिका अपनाउदै अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ येन बृद्धि गरिएको हो । यो निर्णय अनुसार न्यूनतम पारिश्रमिक परिमार्जन गरिएको मान्दा राष्ट्रिय औसत १००० येनदेखि १००२ येनमा पुगेको यो पहिलो पटक हो । उपसमितिको निर्देशन अनुसार प्रिफेक्चरहरूलाई तिनीहरूको आर्थिक अवस्था अनुसार तीन कोटिहरूमा विभाजन गरि ज्यालामा… पुरा पढौ

मुगुमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु

मुगु- मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।  प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे… पुरा पढौ

अमेरिकामा शताब्दी यताकै घातक डढेलो: मृतकको सङ्ख्या ९३ पुग्यो, सयौँ बेपत्ता

अमेरिकाको हवाई राज्यस्थित ऐतिहासिक सहर लाहैनालाई ध्वस्त पार्नेगरी भएको माउइ डढेलोमा ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसलाई अमेरिकामा एक शताब्दी यताकै सबैभन्दा घातक डढेलो ठानिएको छ। मृतकको पहिचान गर्ने कार्य जारी रहेकाले शनिवार हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या 'उल्लेखनीय' सङ्ख्याले बढ्न सक्ने चेतावनी दिएका छन्। आगोबाट जोगिन भागेका कयौँ बेपत्ता छन् भने सयौँ मानिसहरू माउइस्थित आश्रय स्थलमा बसेका छन्। "यो निकै चुनौतीपूर्ण दिन हो," ग्रीनले भने। यो हवाईले भोगेको अहिलेसम्मकै सबैभन्दा विध्वंसकारी प्राकृतिक विपद् हुनेछ,” उनले भने।… पुरा पढौ

पश्चिमी र मध्य जापानले अगस्ट १५ मा ताइफुन ल्यानको सामना गर्नुपर्ने मौषम एजेन्सीका अधिकारीको चेतावनी

प्रशान्त महासागरको तटमा रहेको पश्चिमी जापानको किइ प्रायद्वीप तर्फ बढ्दै गरेको शक्तिशाली ताइफुनले मंगलबार पहिरो जानसक्ने अनुमान गरिएको छ ।भारी वर्षाको लागि जारी गरिएको अलर्टका कारण केही रेल र उडानहरू रद्द गरिने मौसम एजेन्सीले जनाएको छ।सेन्ट्रल जापान रेलवे कम्पनीले नागोया र शिन-ओसाका स्टेशनहरू बीचका सबै तोकाइदो शिन्कान्सेन सेवाहरू मंगलबार निलम्बित हुने बारे आइतबार उल्लेख गरेको छ । टोकियो र नागोया स्टेशनहरू बीचको रेल सेवामा उल्लेखनीय रूपमा कटौती गरिएको छ।पश्चिम जापान रेलवे कम्पनीले मंगलबार शिन-ओसाका र ओकायामा स्टेशनहरू बीचको सानो शिन्कान्सेन… पुरा पढौ