राष्ट्रिय समाचार

ओसाकाको मिनोहका एक ८७ वर्षीय व्यक्तिले एम्बुलेन्स किन्न २९ किलो सुन दान गरे

पश्चिमी जापानको ओसाका प्रिफेक्चरका एक ८७ वर्षीय नाकाजिमाले आफू लामो समयदेखि बसेको सहरलाई २९ किलोग्राम सुन दान गरेका छन् ।गत महिना उनले शहरलाई आफ्नो सम्पत्ति दान दिए र पैसा एम्बुलेन्स किन्न र स्थानीय पर्यटन प्रवर्द्धन गर्न प्रयोग गर्न आग्रह गरेका थिए । उनले सहरलाई दिएको २९ किलो सुन र एक किलो प्लेटिनमको मूल्य करिब २० लाख डलर बराबरको रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन ।नाकाशिमा नात्सुओले सन् १९६० को मध्यमा मिनो शहरमा बीफ रेस्टुरेन्ट खोले र ५० वर्षभन्दा बढी समयसम्म चलाएका… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले सेप्टेम्बर १८ मा ‘तिज धमाका २०२३’ आयोजना गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए।चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न… पुरा पढौ

जापानमा कास्कीका ४४ वर्षीय अजय गुरूङको मृत्यु

जापानको खानागावाकेनको योकोहामामा परिवारसंगै बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड न.२२ पुम्दिभुङ्दी स्थायी घर रहेका ४४ वर्षीय अजय गुरुङको बुधबार साँझ मृत्यु भएको विनय गुरुङले जानकारी दिएका छन ।श्रीमतीको डिपेण्डेंट भिसामा ११ वर्षीय छोरासहित १० वर्षदेखि जापानमा रहदै आएका उनी बुधबार आफ्नो नियमित काममा जादै गर्दा असहज भै घर फर्किएको र साँझ श्रीमतीसंग कुरा भै श्रीमति घरमा आउदा अचेत अवस्थामा फेला परि अस्पताल ल्यैजादा उनी मृत रहेको अस्पतालले जनाएको विनयले बताएका छन । पुरा पढौ

जापान लैंगिक समानताका सन्दर्भमा अत्यन्त कमजोर, ग्लोबल जेण्डर ग्याप र्‍याङ्किङमा १२५ औं स्थानमा

राजनीति र आर्थिक गतिविधिहरूमा महिला प्रतिनिधित्व बढाउन असफल हुँदा जापान यस वर्ष विश्वव्यापी लैङ्गिक समानता र्याङ्किङमा कीर्तिमानी पुछारबाट १२५ औं स्थानमा परेको छ।डब्ल्यूईएफले सन् २००६ मा प्रतिवेदन जारी गर्न थाले यताको यस वर्षका लागि विश्व आर्थिक मञ्चको जेन्डर ग्याप रिपोर्ट जुन २१ मा सार्वजनिक भएको १४६ देशहरूमध्ये जापानको वरियतामा गत वर्षको तुलनामा नौ अंकले अझै तल झरेको हो । वार्षिक प्रतिवेदनले १४६ देशमा शिक्षा, स्वास्थ्य, राजनीति र अर्थतन्त्रमा लैङ्गिक समानतामा भएको प्रगतिको विश्लेषण गरेको सो र्याङ्किङ सार्वजनिक गर्ने गरेको छ… पुरा पढौ

टोकियोमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी तिब्र

टोकियो । जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट आयोजनाको तयारी आयोजकले तिब्र पारेको छ । डिसिइप्रोजेक्ट मार्फत अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थ धेरै व्यक्तिबाट टिकटनै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्रि थालनी गरेको जनाएको छ । हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले जानकारी दिनुभयो ।दुवै… पुरा पढौ

‘म सबै कामदारहरूलाई नरकमा हाल्छु’ भनेर आसाहीलाई ईमेलमार्फत धम्की दिने व्यक्ति पक्राउ

जापानको राष्ट्रिय दैनिक प्रकाशक द असाही शिम्बुन कम्पनीको टोकियो मुख्यालयमा धम्कीपूर्ण इमेल पठाएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग बताएको छ।शिजुओकाको एओई वार्ड शहरमा बस्ने ५० वर्षीय युसुके नाकामुरालाई व्यवसायमा जबरजस्ती अवरोध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ।प्रहरी अनुसार संदिग्ध व्यक्तिले टिभी स्टेशन र रुसी दूतावासलगायत दर्जनौं स्थानमा एउटै सामग्रीसहितको इमेल पठाएको हुनसक्ने अनुमान गरिएको छ । "तिनीहरूका लेखहरू मेरो विश्वाससँग मेल खाएनन्, मलाई लाग्यो मैले रूसी दूतावासलाई इमेल गरें, त्यहि इमेलहरू असाही शिम्बुनलाई पठाएको हुनसक्छ ।"… पुरा पढौ

कर छलीमा दोषी ठहर महत, ढकाल र शर्मालाई तोकियो नौ वर्ष कैद

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । विषेश अदालतले कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्माको सजाय निर्धारण गरेको छ। महतलाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ। त्यस्तै, सदस्यद्वय ढकाल र शर्मालाई ९ वर्ष कैद तोकिएको हो। त्यस्तै तीनै जनालाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार बिगो माग गरिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना… पुरा पढौ

सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु

बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् । मन्त्री सहित पाँच जना सवार गाडी मंगलवार दिउसो करीव १ : ४५ बजे… पुरा पढौ

नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले उक्त कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’ उनले हरदम आफ्नो बिचार, सोच र… पुरा पढौ

प्राकृतिक प्रकोपजन्य क्षतिबाट बच्न पूर्व तैयारीका लागि टोकियोमा व्यवहारिक अभ्यास गराइँदै

टोकियो – भूकम्प गइरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्द्रबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविद्हरूको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ । त्यसैका लागि बर्सेनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरू मार्फत त्यस सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरूलाई लक्षित… पुरा पढौ