राष्ट्रिय समाचार

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

गल्याङ । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् । भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो… पुरा पढौ

अखाद्य वस्तु सेवन गर्दा दुई जनाको मृत्यु, दुई जना बिरामी

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

कास्की । कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताए । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने… पुरा पढौ

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए । बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरू घटनास्थलतर्फ जाने तयारीमा छौँ’, उनले भने ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।’ गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र… पुरा पढौ

जापानमा ताप्लेजुङका १९ वर्षीय बचन केदेम लिम्बुको हृदयघातबाट निधन

जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्ड स्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।“४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल)बाट विधालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए” कार्कीले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन-तत्काल उनलाई उद्धार गरेर मिनातोकु स्थित चुवु रोसाई अस्पताल लगिएको थियो, अस्पतालका… पुरा पढौ

विश्वमै पहिलो पटक ओज भाइरसको संक्रमणले जापानमा एक महिलाको मृत्यु

टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरमा ७० वर्षकी एक महिलाको ओज भाइरसको संक्रमणले मृत्यु भएको छ ।टिक-ब्रोन संक्रमणबाट विश्वकै पहिलो मृत्यु भनिएको यो भाइरस सन् २०१८ मा जापानमा फेला परेको थियो । मानवमा जंगली जनावरहरूबाट संक्रमित भएको हुन सक्ने बताइएपनि अहिलेसम्म अन्य कुनै व्यक्तिमा यसको संक्रमण पुष्टि नभएको अधिकारीहरूले बताएका छन । प्रीफेक्चरल सरकार र स्वास्थ्य मन्त्रालयका अनुसार ती महिला ज्वरो र थकान लगायतका लक्षणहरू बढ्दै गएपछि २०२२ को गर्मीमा एक स्वास्थ्य संस्थामा गएकी थिइन। सुरुमा उनलाई निमोनिया भएको पत्ता लागेको थियो,… पुरा पढौ

सामाजिक संजाल र अहिलेका हामी

एक्काइसौँ शताब्दीमा स्मार्ट फोन र सामाजिक सञ्जालको प्रयोग अब प्रायः सबै उमेर र हरेक क्षेत्रका पेसा व्यवसायमा जरुरी भइसकेको छ। यसमा भएका एप्स र सामाजिक सञ्जाल, जिन्दगीका महत्वपूर्ण हिस्सा भइसकेका छन्। विशेषतः सामाजिक सञ्जाललाई मनोरञ्जन र समाचार संयन्त्रका रूपमा मात्र होइन, प्रतिष्ठाको रूपमा समेत हेर्न थालिएको छ। कसका कति फलोवर छन्, कति लाइक आउँछन् के कमेन्ट आउँछ, कस्तो कमेन्ट आउँछ, यो होडमा अहिलेको पुस्ता अभ्यस्त भइसकेको छ। यसैको फाइदा उठाएर सामाजिक सञ्जालले आफ्नो व्यापारलाई अगाडि बढाइरहेका छन्। अहिले स्मार्ट फोन… पुरा पढौ

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२ जना घाइते, मृतक सबै एकै गाउँका

 गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी सहिद लखन गाउँपालिका-५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन-४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन्। उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर… पुरा पढौ

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुल्यो

सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ । अदालतको यो आदेशसँगै राष्ट्रपति पौडेलले गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दिन जारी गरेको नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेको छ।  यसअघि जेठ २६ गते न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि पेश गर्न आदेश दिएका थियो। त्यसअघि जेठ २१ गते सर्वोच्चले राष्ट्रपति नागरिकता विधेयक तत्काल कार्यान्वयन… पुरा पढौ