
टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरमा ७० वर्षकी एक महिलाको ओज भाइरसको संक्रमणले मृत्यु भएको छ ।
टिक-ब्रोन संक्रमणबाट विश्वकै पहिलो मृत्यु भनिएको यो भाइरस सन् २०१८ मा जापानमा फेला परेको थियो । मानवमा जंगली जनावरहरूबाट संक्रमित भएको हुन सक्ने बताइएपनि अहिलेसम्म अन्य कुनै व्यक्तिमा यसको संक्रमण पुष्टि नभएको अधिकारीहरूले बताएका छन ।
प्रीफेक्चरल सरकार र स्वास्थ्य मन्त्रालयका अनुसार ती महिला ज्वरो र थकान लगायतका लक्षणहरू बढ्दै गएपछि २०२२ को गर्मीमा एक स्वास्थ्य संस्थामा गएकी थिइन।
सुरुमा उनलाई निमोनिया भएको पत्ता लागेको थियो, तर उनको अवस्था बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरि उपचार गर्दा उनको दाहिने तिघ्राको माथिल्लो भागमा एङ्गर्जेड टिक भेटिएको अधिकारीले बताएका छन।
उनको अस्पतालमा भर्ना भएको २६ दिनपछि मुटुको मांसपेशी मायोकार्डाइटिसको कारण मृत्यु बताइएको थियो । टोकियोको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेजका अनुसार ओज भाइरस विरुद्ध कुनै खोप छैन, जुन जापान बाहिर फेला परेको छैन। संस्थानले भाइरसबाट संक्रमित हुनु घातक नभई यसको लक्षण र खतराबारे थप अध्ययन गर्नुपर्ने बताएको छ।
भाइरस पहिलो पटक २०१८ मा पश्चिमी प्रान्तमा पर्ने इहिमको एम्बलियोमा टेस्टुडिनेरियम टिकमा पत्ता लागेको थियो। ओज भाइरस टिकको टोकाइबाट सर्ने संस्थानले बताएको छ ।
टोकियो नजिकैको चिबा प्रिफेक्चर, गिफु र मिईको केन्द्रीय प्रान्त वाकायामा र यामागुचीको पश्चिमी प्रान्त र ओइटाको दक्षिणपश्चिमी प्रान्तमा जंगली बाँदर, बँदेल र मृगमा एन्टिबडीहरू भेटिएका छन्।
यामागुचीमा दुई शिकारीहरूले पनि एन्टिबडीहरूको लागि सकारात्मक परीक्षण गरेको रिपोर्ट पाइएको संस्थानको भनाई छ । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका एक अधिकारीले भने, “घाँसे क्षेत्रहरूमा प्रवेश गर्दा सकेसम्म धेरै छाला छोप्नु महत्त्वपूर्ण छ ताकि तपाईलाई यी टिकहरूले टोक्न नपरोस्।”



