नेपालको चौथो विकेट खस्यो, क्रिज सम्हाल्दै रोहित र कुशल

-


     जनहित न्युज    
     असार ९ गते २०८०


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । यससँगै नेपाल दबाबमा परेको छ ।

नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६९ रन मात्रै जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?