गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले सेप्टेम्बर १८ मा ‘तिज धमाका २०२३’ आयोजना गर्ने

-


     दिनेश थापा    
     असार ७ गते २०८०


गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।
हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए।
चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न सहयोगी हुने भएकोले कार्यक्रम गर्न लागिएको बस्नेतले बताए।
कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकारको भिषाका लागि आवश्यक डकुमेन्ट्रेसनको प्रकृयामा रहेको र कार्यक्रम सेप्टेम्बर १८ तारिकका दिन नेपालीहरुको बाक्लो उपस्थिति रहेको क्षेत्र कामाताको कन्सर्ट हलमा हुने जानकारी सचिव दिपक सुवेदीले गराए।
जापानमा पनि तिजको कार्यक्रमलाई नेपाल कै झल्को दिने गरि यस पटकको तिज धमाका २०२३ आयोजना गरिने र सोहि अनुसार आन्तरिक तयारी गरिरहेको उपाध्यक्ष दिनेश थापाले बताए। विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको उपाध्यक्ष थापाको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?