जापानमा कास्कीका ४४ वर्षीय अजय गुरूङको मृत्यु

-


     जनहित न्युज    
     असार ६ गते २०८०


जापानको खानागावाकेनको योकोहामामा परिवारसंगै बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।
नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड न.२२ पुम्दिभुङ्दी स्थायी घर रहेका ४४ वर्षीय अजय गुरुङको बुधबार साँझ मृत्यु भएको विनय गुरुङले जानकारी दिएका छन ।
श्रीमतीको डिपेण्डेंट भिसामा ११ वर्षीय छोरासहित १० वर्षदेखि जापानमा रहदै आएका उनी बुधबार आफ्नो नियमित काममा जादै गर्दा असहज भै घर फर्किएको र साँझ श्रीमतीसंग कुरा भै श्रीमति घरमा आउदा अचेत अवस्थामा फेला परि अस्पताल ल्यैजादा उनी मृत रहेको अस्पतालले जनाएको विनयले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?