राष्ट्रिय समाचार

जापानले बाल हेरचाह बिदामा काम गर्ने कर्मचारीहरूलाई भत्ता उपलब्ध गराउने साना र मध्यम आकारका कम्पनीहरूलाई अनुदान दिने

जापानको श्रम मन्त्रालयले बाल हेरचाह बिदामा काम गर्ने कर्मचारीहरूलाई भत्ता उपलब्ध गराउने साना र मध्यम आकारका कम्पनीहरूलाई अनुदान दिने योजना बनाएको छ। आगामी आर्थिक वर्षदेखि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले बाल हेरचाह बिदा लिन र छोटो घण्टा काम गर्न सजिलो बनाउने उद्देश्यका साथ आमाबाबुको बिदामा प्रति कामदार १.२५ मिलियन येन (लगभग $ 8,500) सम्म अनुदान दिने योजना बनाएको हो। कार्यक्रम कोषको लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा ३.७६ बिलियन येन (लगभग $25 मिलियन) समावेश गरेको छ। राम्रो काम-जीवन सन्तुलन समर्थन… पुरा पढौ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको अध्यक्षमा फुर्वा शेर्पा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन तथा फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ सम्पन्न भएको छ ।नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको सो स्मारिका जापानका लागि… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा जापानबाट ददिवल खड्काको दाबी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले आफ्नो दाबी पेश गरेका छन ।करिव ३ दशकदेखि जापानमा बस्दै आएका खड्काले संस्थालाई गति दिनका लागि अब आफुले मोनाको नेतृत्व लिने सहि बेला आएकोले अध्यक्ष पदमा दाबी गरेको बताएका हुन । हङकङ, युरोप, न्युजिल्याण्ड, कोरिया, अमेरिकाले नेतृत्व सम्हालिसकेको र अहिलेसम्मका अध्यक्षहरु सबै जिल्लाको दक्षिणी भेगबाट भैसकेको र जिल्लाको भेगीय हिसाबले भन्ने पनि उत्तरीभेगले पाउनुपर्ने जिकिरसहित अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने खड्काको दाबी रहेको छ । मोनाको संस्थापक… पुरा पढौ

समन्वयात्मक सहकार्यका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने

जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसंग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत अन्तरक्रियाको आयोजना गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।‘एनआरएनए जापानले जापानमा क्रियाशिल… पुरा पढौ

एनआरएनए यूरोप उपसंयोजकमा डेनमार्कका शैलु अधिकारीको उम्मेदवारी

कोपनहेगन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय उपसंयोजकमा डेनमार्ककै शैलेन्द्र अधिकारी (शैलु)ले उम्मेदवारी दिने भएका छन् । संघको एघारौँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ – २० अक्टोबर, २०२३) सम्म काठमाडौँमा आयोजना हुदैछ । उनी डेनमार्क राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निवर्तमान अध्यक्ष हुन् । युरोप क्षेत्रका एनआरएनएकर्मी माझ परिचित छन् । यूरोप क्षेत्रका एनसिसिहरुसंग समन्वय तथा सहकार्य गर्न गरेर अघि बढ्ने अधिकारीले बताएका छन् । छिट्टै आफ्नो प्रतिबद्धतापत्र सहित… पुरा पढौ

एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउन उप महासचिवमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि वर्तमान प्रवक्ता सोम सापकोटए केन्द्रीय उप महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् ।सङ्घको स्थापनाकालदेखि नै सक्रिय सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउनका लागि योगदान दिनका लागि उनले सो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका बताएका हुन ।नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानीमार्फत रोजगारी लगायतमा क्षेत्रमा भूमिका खेलेका सापकोटाले विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै… पुरा पढौ

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ ।जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ ।क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ… पुरा पढौ

आज देशभर जनैपुर्णिमा, रक्षाबन्धन मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए,… पुरा पढौ

विदेश जानेका लागि तीन दिनभित्र ‘स्मार्ट लाइसेन्स’

काठमाडौं । सवारी साधनको ईम्बोस्ड नम्बर, ट्रायलदेखि लाइसेन्सका विभिन्न विषयले यातायात क्षेत्रको व्यवस्थापन बाक्लै विवादमा आउने गरेको छ । त्यसमाथि अतिरिक्त आम्दानीको विषयले पनि यो निकाय आरोपक्त हुन सकेको छैन । यद्यपि विदेश जानेका लागि स्मार्ट लाइसेन्स सहज बनाइएको, यथेष्ट मौज्दात लाइसेन्स रहेको मात्र हैन, ट्रायलमा पारदर्शिता अपनाएर सुधार प्रयास गरिएको दावी सरकारी अधिकारीको छ । ९ महिनादेखि लाइसेन्सको पर्खाइमा रहेका लाक्पा लामा वैदेशिक रोजगारीमा जान लागेपछि ३ दिनमा हातमा लाइसेन्स आएपछि खुशी भएका छन । नेपाल यातायात व्यवस्था विभागले… पुरा पढौ

हिरोशिमा नेपाली कम्युनिटी जापानले “हिरोशिमा तीज धमाका-२०२३”गर्ने

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हिरोशिमा तीज धमाका २०२३ आयोजना हुने भएको छ । नेपाली परम्परा र रितिरिवाजलाई निरन्तरता दिन र प्रवासमा रहेका नारीलाई हरितालिका तिजको नियास्रो मेटाउने उदेश्यका साथ हिरोशिमा नेपाली कम्युनिटी जापानले हिरोशिमा तीज धमाका २०२३ कार्यक्रम गर्न लागिएको समितिका सचिव बिपिन केसीले जानकारी दिए । नेपालदेखि आउने लोक दोहोरी क्षेत्रका कलाकारसहित तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि गरिन लागिएको कार्यक्रममा सुमन थापा, प्रदेशी गायक सूर्य खड्काको प्रस्तुति रहने समितिका अध्यक्ष रवि गैरेले जानकारी दिए ।… पुरा पढौ