म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले आफ्नो दाबी पेश गरेका छन ।
करिव ३ दशकदेखि जापानमा बस्दै आएका खड्काले संस्थालाई गति दिनका लागि अब आफुले मोनाको नेतृत्व लिने सहि बेला आएकोले अध्यक्ष पदमा दाबी गरेको बताएका हुन । हङकङ, युरोप, न्युजिल्याण्ड, कोरिया, अमेरिकाले नेतृत्व सम्हालिसकेको र अहिलेसम्मका अध्यक्षहरु सबै जिल्लाको दक्षिणी भेगबाट भैसकेको र जिल्लाको भेगीय हिसाबले भन्ने पनि उत्तरीभेगले पाउनुपर्ने जिकिरसहित अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने खड्काको दाबी रहेको छ ।
मोनाको संस्थापक अध्यक्ष प्रकाश पुन (हङकङ) धवलागिरी गाउँपालिका, दोस्रो अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री (बेलायत) धवलागिरी गाउँपालिका, तेस्रो अध्यक्ष चक्रबहादुर थापा (न्युजिल्याण्ड) धवलागिरी गाउँपालिका, चौथो अध्यक्ष ओमनारायण जुग्जाली (दक्षिण कोरिया) मालिका गाउँपालिका र पाँचौं अर्थात हालका अध्यक्ष अम्मर छन्त्याल (अमेरिका) धवलागिरी गाउँपालिकाबाट रहेका छन् । यसो भएको हुनाले खड्काले जापानको प्रतिनिधित्व गर्दै अन्नपूर्ण गाउँपालिकाबाट आफुले अबको मोनामा नेतृत्वमा रहेर परिणाममा देखिने गरी काम गरेर देखाउने उदघोष गरे ।
‘अबको दुईबर्ष पुरा म मोनाका लागि समय नै छुट्याएर होमिएर लाग्ने छु, आगामी दुईवर्ष मोना बाहेक मेरो अन्यत्र कतै संलग्नता रहने छैन, अन्यत्र बाँकी रहेका सबै जिम्मेवारीबाट पूरै अलग्गिएर आगामी दुईबर्ष मोनामै मेरो ध्यान केन्द्रित हुने छ । अध्यक्ष पदको दाबीलाई पुष्टि गर्दै खड्काले भने- नेतृत्वदायी भूमिकामा रहेकाहरु ‘ब्यक्ति एक, जिम्मेवारी अनेक’ हुँदा विगतमा अपेक्षित परिणाम हासिल गर्न नसकेको अनुभव पनि हामीसंग छ । मेरो पालादेखि यो पूरै करेक्शन गरेर जाने प्रतिबद्धता ब्यक्त गर्दछु ।
खड्का जापानमा रेष्टुरेन्ट, ग्रसरी, रेमिट्यान्स, ट्राभल, रियल स्टेट्, आयात-निर्यात, कन्सल्ट्यान्सी, डिजाइन-प्रिन्ट, आइटी, मानव संशाधन, एसएसडब्लु लगायतका दर्जनभन्दा बढि ब्यवसायिक क्षेत्रमा सलग्न छन् ।
नेपाली ब्यवसायी संघ (NBA) जापानका हालका वरिष्ठ उपाध्यक्ष, एनआरएन आइसीसीका एशिया उपसंयोजक समेत रहेका खड्का जापानको नेपाली समुदायमा चिरपरिचित ब्यक्ति मानिन्छन् । एनआरएन अभियानमा पनि सक्रिय रहँदै आएका खड्का कम्तिमा पनि अबको दुईवर्ष पूरै मोनामा फोकस हुने उनले बताए ।
मोनाको केन्द्रिय महाधिवेशन आगामी अक्टोबर १३, १४ र १५ तारिख म्याग्दी जिल्लाको सदरमुकार बेनी बजारमा हुने भएको छ । महाधिवेशनको तिब्र तैयारी भईरहेको बेनीबाट मोना सचिवालयले जनाएको छ । आसन्न महाधिवेशनले
आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्यकारी समिति गठन गर्ने, बिधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने लगायतका मुलभूत कार्यसूची रहेको अध्यक्ष अम्मर छन्त्यालले बताए ।
मोनाको अन्तर्राष्ट्रिय सञ्जाल हाल विश्वका ३२ राष्ट्रमा बिस्तारित छन् । एनआरएन पछि मोना दोस्रो ठूलो अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था मानिन्छ।