देशमा सयौं तोला सुन काण्डको चर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको”

-


     अशोक बुढाथोकी     
     भाद्र २० गते २०८०


देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याएकी छन् ।तीजको गीत हालीमुहाली भइरहेको बेला गायिका पुनले मन छुने शब्द,संगीत र स्वरमा गीत सार्वजनिक गरेकी हुन् ।प्रेममा परेको मान्छे बिछोड हुँदाको पललाई शब्दमा कोरेर गीत रचेको गायिका पुन बताउँछिन् ।

गण्डकी ,धौलागिरी क्षेत्रको मौलिक गीतको नायिका भनेर परिचय बनाएकी गायिका पुनले अब भने गायिकाको रुपमा पनि परिचय फराकिलो बनाउने प्रयास गरेकी छन् ।

दर्जनौं गीतमा आफ्नो कला प्रस्तुत गरिसकेकी गायिका पुनको यो गीत भने पहिलो होईन ।केही समय पहिले “ठुले” नामक लोकपप शैलीको गीत बजारमा आइसकेको छ।

हङकङमा कार्यरत गायिका पुनले छोटो समयको नेपाल बसाइँको क्रममा सो गीत रेकर्ड गराई बजारमा ल्याएकी हुन् ।गीतमा स्वयं गायिकाको शब्द एवं संगीत रहेको छ भने संगीत संयोजन मनोज थापा मगरको रहेको छ।मनोज थापा मगर युट्युव च्यानल मार्फत सार्वजनिक यस गीत स्टुडियो छायांकन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?