राष्ट्रिय समाचार

पाल्पा समाज जापानको तेस्रो अधिवेशन अक्टुबर ८ तारिक हुने

जापानमा रहेका पाल्पालीहरुको संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशन आउदो अक्टुबर ८ तारिखका दिन टोकियोमा हुने भएको छ । टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा हुने सो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताए । संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय… पुरा पढौ

गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले दर खुवाउने कार्यक्रम गर्ने

नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसरमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले शुभकामना आदान प्रदानका साथ दर खुवाउने कार्यक्रम गर्ने भएको छ । जापानको नागोया क्षेत्रमा बसोबास गर्ने दिदीबहिनीहरूलाई सेप्टेम्बर १४ तारिकका दिन तिजको अवसरमा शुभकामना आदान प्रदानका साथमा दर खुवाउने कार्यक्रम गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष अजय थापाले जानकारी दिए । जापानमा रहेका दिदीबहिनीहरुको विशेष सहभागितामा दिदी बहिनीहरुलाई मनोरन्जनसगै शुभकामना आदान प्रदान गरि आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्नाका लागिकेहि योगदान पुगोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि… पुरा पढौ

कटुवाल प्रथामा प्रविधिको प्रयोग

बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रूपमा थियो ।  गाउँलेको भेलाले दुई-दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रूपमा लिएका छन् । खास गरी कटुवाल दलित, जनजाति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।… पुरा पढौ

गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न

जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर जापानमा छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक सेप्टेम्बर ५ तारिक सम्पन्न साधारण सभामा विधान संशोधन, वार्षिक कार्यक्रमको तर्जुमा, विगतका कार्यक्रमको समिक्षा समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र… पुरा पढौ

एनआरएनए जापानद्वारा हटलाइन टेलिफोन सञ्चालन, अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्न आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको छ ।जापानमा रहदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याइएको एनआरएनए जापानले जनाएको छ ।भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । उनका अनुसार +८१ ८० ६३५२ ८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक… पुरा पढौ

लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्य गरे गल्कोटका बुढाथोकी परिवारले

ग्रामिण क्षेत्रमा लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्यलाई पुर्स्थापित गर्नको लागि गल्कोट नगरपालिका ८ कॅाडेवास बिर्कोटका बुढाथोकी परिवार लागि परेको छ ।स्वस्तपूर्त रूपमा सामाजिक सेवाको लागि टिकाबहादुर बुढाथोकीको परिवारले बिरकोटको लाकुरीबोटमा करिब साढे चार लाखको लगानीमा प्रतिक्षालय,पानीको धारा,चौतारो निर्माण र वरपिपल रोपण गरेका छन ।आफ्नो क्षेत्रमा समाजसेवीको पहिचान बनाएको टिकाबहादुर बुढाथोकीको परिवारले बिगतदेखि समाजमा रचनात्मक कार्यहरू आएकोमा हालै प्रतिक्षालय,पानीको धारा र चौतारो निर्माण गरेको हो । बाजे लालबहादुर बुढाथोकी,बज्यै भिमा बुढाथोकीको स्मृतिमा बाबा टिकाराम बुढाथोकी,… पुरा पढौ

जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग

जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ । अप्रिलमा पश्चिमी जापानको चुनावी कार्यक्रममा प्रधानमन्त्री फुमियो किशिदामाथि विस्फोटक हमला गरेको अभियोगमा अभियोजनकर्ताहरूले बुधबार आक्रमणकारी व्यक्तिलाई आपराधिक रूपमा जिम्मेवार ठहराउन मानसिक रूपमा तन्दुरुस्त रहेको निष्कर्ष निकालेपछि अभियोग लगाईएको हो । ह्योगो प्रिफेक्चरका २४ वर्षीय र्युजी किमुरा वाकायामा घटनास्थलमा पक्राउ परेपछि मौन बसेका छन् भने किशिदालाई कुनै चोटपटक लागेको थिएन भने एक प्रहरी अधिकारीसहित दुई जना सामान्य घाइते भएका छन् । किमुराको अभियोग अभियोजकहरूले… पुरा पढौ

तनावलाई कसरी कम गर्ने ?

किन भइरहेको छ तनाव ? अहिलेका धेरै मान्छेको जीवनशैली निकै व्यस्त छ। हरेक मानिस उमेर अनुसारको तनावमा छन्। राम्रो शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका तनाव बोकेर हिँडिरहेका मानिसले आफ्नो खानपानमा भने खासै ध्यान दिएको पाइँदैन। व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधा भोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्त्वाकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन। जसबाट मानिसमा तनाव सिर्जना भएको छ। तनाव उत्पन्न गराउने तत्त्वलाई व्यक्तिगत, पारिवारिक, नीतिगत, साङ्गठनिक, सामाजिक, सांस्कृतिक आदिमा वर्गीकरण गर्न सकिन्छ। तनाव के हो ? तनावको कारण के हो ?… पुरा पढौ

देशमा सयौं तोला सुन काण्डको चर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको”

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको "मन सय तोलाको" बोलको आधुनिक शैलीको गीत बजारमा ल्याएकी छन् ।तीजको गीत हालीमुहाली भइरहेको बेला गायिका पुनले मन छुने शब्द,संगीत र स्वरमा गीत सार्वजनिक गरेकी हुन् ।प्रेममा परेको मान्छे बिछोड हुँदाको पललाई शब्दमा कोरेर गीत रचेको गायिका पुन बताउँछिन् । गण्डकी ,धौलागिरी क्षेत्रको मौलिक गीतको नायिका भनेर परिचय बनाएकी गायिका पुनले अब भने गायिकाको रुपमा पनि परिचय फराकिलो बनाउने प्रयास गरेकी छन् । दर्जनौं गीतमा आफ्नो कला प्रस्तुत… पुरा पढौ

मध्य जापानमा १४ वर्षीया बालिकाले आमालाई छुरा प्रहार गरी हत्या

बुधबार मध्य जापानको आइची प्रिफेक्चरमा रहेको आफ्नो अपार्टमेन्टमा १४ वर्षीया बालिकालाई आफ्नी आमालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब १:१५ बजे एम्बुलेन्स फोन गरेपछि उद्धारकर्ताहरूले बालिकाकी ४० वर्षीया आमालाई फुटोन गद्दामा लडेर फेला पारेपछि उनलाई अस्पताल लगिएको थियो र पछि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।ओहारु नगरपालिकामा बस्दै आएकी उच्च माध्यमिक विद्यालयमा दोस्रो वर्षमा अध्ययनरत छोरीलाई हत्या प्रयासको आशंकामा घटनास्थलबाटै पक्राउ गरिएको थियो ।आमाको मृत्यु भएकाले प्रहरीले घटनालाई हत्याका रूपमा अनुसन्धान गर्ने अपेक्षा बताईएको… पुरा पढौ