गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले दर खुवाउने कार्यक्रम गर्ने

-


     जनहित न्युज    
     भाद्र २२ गते २०८०


नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसरमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले शुभकामना आदान प्रदानका साथ दर खुवाउने कार्यक्रम गर्ने भएको छ ।

जापानको नागोया क्षेत्रमा बसोबास गर्ने दिदीबहिनीहरूलाई सेप्टेम्बर १४ तारिकका दिन तिजको अवसरमा शुभकामना आदान प्रदानका साथमा दर खुवाउने कार्यक्रम गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष अजय थापाले जानकारी दिए ।

जापानमा रहेका दिदीबहिनीहरुको विशेष सहभागितामा दिदी बहिनीहरुलाई मनोरन्जनसगै शुभकामना आदान प्रदान गरि आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्नाका लागिकेहि योगदान पुगोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि क्षेत्रीय समितिले अनुरोध समेत गरेको छ ।
“परदेशी भूमिमा रहनु भएका दिदिबहिनीहरुले तीजमा माइतीको अलिकति भए पनि झल्को मेटाएको अनुभव होस भन्ने मान्यता राखेर कार्यक्रम गर्न लागेका हौ” क्षेत्रीय समितिकी उपाध्यक्ष समेत रहेकी गोमा गौतमले भनिन-हाम्रो तीजमा गाइने मौलिक गीत,नृत्यसहित रमाइलो गरेर तीज मनाउनका लागि सहभागिताको लागि पनि अनुरोध गर्दछु ।

कार्यक्रम दिउँसो १: ३० देखि T460-0022 Aichi, Nagoya, Naka Ward, Kanayama, 2 Chome-1-1, Comfort Kanayama, B1 हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?