लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्य गरे गल्कोटका बुढाथोकी परिवारले

-


     जनहित न्युज    
     भाद्र २१ गते २०८०


ग्रामिण क्षेत्रमा लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्यलाई पुर्स्थापित गर्नको लागि गल्कोट नगरपालिका ८ कॅाडेवास बिर्कोटका बुढाथोकी परिवार लागि परेको छ ।
स्वस्तपूर्त रूपमा सामाजिक सेवाको लागि टिकाबहादुर बुढाथोकीको परिवारले बिरकोटको लाकुरीबोटमा करिब साढे चार लाखको लगानीमा प्रतिक्षालय,पानीको धारा,चौतारो निर्माण र वरपिपल रोपण गरेका छन ।
आफ्नो क्षेत्रमा समाजसेवीको पहिचान बनाएको टिकाबहादुर बुढाथोकीको परिवारले बिगतदेखि समाजमा रचनात्मक कार्यहरू आएकोमा हालै प्रतिक्षालय,पानीको धारा र चौतारो निर्माण गरेको हो ।

बाजे लालबहादुर बुढाथोकी,बज्यै भिमा बुढाथोकीको स्मृतिमा बाबा टिकाराम बुढाथोकी, छोराहरू ,बलबहादुर,गोमबहादुर,मिनबहादुर,रामबहादुर,दिल बहादुर,घनबहादुर, इन्द्रबहादुर बुढाथोकी,नाती सचिन नातिनी मेलिना द्वारा निर्मित चौतारो,धारो र प्रतिक्षालय निर्माण गरिएको गोमबहादुरले बताए ।
“बिर्कोट र ददल्काको दुर्गम स्थानमा घाँस दाउरा मेलापात गर्नेहरूलाई लक्षित गरि चौतारो,पानीको धारा र प्रतिक्षालय निर्माण गरिएको हो” जापानमा कार्यरत गोमबहादुरले भने- बटुवाहरू सफा स्वच्छ पानी पिएर चौतारोमा बसेर प्रतिक्षालय तर्फ नजर लगाउदै ’यो सारै राम्रो काम भएछ’ भन्ने गरेका छन ।

गोम बहादुर बुढाथोकी कॅाडेवास सेवा समाज जापानको अध्यक्ष,एकता समाज जापानको कोषाध्यक्ष,एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको सहसचिव,गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको कोषाध्यक्ष लगायत संस्थामा आवद्द गोमबहादुर भने- “जापान आएको करिब १५ वर्ष भयो।यस अवधिमा जन्मभुमीका हरेक सुख दुखमा साथ दिदै आएको छु।बाध्यताले आफु जापानमा भएता पनि सम्पुर्ण मन मस्तिष्क काडेवास मै छ” उनले अगाडि भने-“गॅाऊका दुखी,अनाथहरू लाई समस्या पर्दा मलाई सम्झनु हुन्छ म जतिबेला पनि उहॅाहरूको आग्रहलाई सहयोग गर्दै आएको छु । ”

बुढाथोकी परिवारले त्यहाको स्थानीय जनजागृती मावि कॅाडेबास,ज्ञ्यानज्योती आधारभुत विद्यालय लगायतका संस्थाहरूमा सहयोग गर्दै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?